August 1, 2017

सर्वोच्चको फैसलाबारे देवी ज्ञवालीसँग अडियो वार्ता – ‘सबैभन्दा ठूला न्यायमूर्ति जनता हुन्’

काठमाडौं। सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदानको फैसला गरेसँगै यहाँका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले जनता नै सबैभन्दा ठूला न्यायमूर्ति हुने टिप्पणी गरेका छन् । उनले सर्वोच्च अदालतले जे फैसला गरे पनि जनताको अदालतले भने आफ्नो पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे । 
नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका ज्ञवालीले अदालतको फैसला अनपेक्षित भएको बताए । ‘अदालतको यो फैसला एकदमै अनपेक्षित छ’ डिसीनेपालसँग टेलिफोनमा कुराकानी गर्दै ज्ञवालीले भने ‘यस्तो फैसला आउला भन्ने सोचेको पनि थिइनँ ।’ कानुनी राज्यमा अदालतको फैसला सर्वोच्च हुने भन्दै ज्ञवालीले आफू यो फैसला स्वीकार्दै निर्वाचनमा जाने बताए । 
‘कानुनी राज्यमा अदालतको फैसला सर्वोच्च हुने हुँदा यो फैसला मैले सहर्ष स्वीकार गर्छु’ ज्ञवालीले भने ‘यो फैसला सही छ वा गलत भन्ने कुराको फैसला अब भरतपुरवासी जनताले गर्नुहुनेछ ।’ अदालतलाई समेत सत्ता र शक्तिको दुरुपयोग गरी प्रभावित पार्न खोजिएको ज्ञवालीको आरोप थियो । ‘यो सत्ताधारीले आफ्ना सन्तानलाई जिताउन कतिसम्म सत्ता र शक्तिको ददुरुपयोग गर्छन् भन्ने कुराको नमूना हो’ ज्ञवालीले भने ।
दुई महिनासम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको आज सर्वोच्च अदालतले फैसला गरेको हो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषेत्तम भण्डारीको संयुक्त इजलासले भरतपुर १९ मा पुनः मतदानको फैसला गरेको हो । यहाँ ज्ञवालीविरुद्ध निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहाल छिन् । नेपाली कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार दाहाल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन् । यहाँ निर्वाचन र मतगणना भइरहँदा रेणुका पिता प्रचण्ड देशका बहालवाला प्रधानमन्त्री थिए । अहिले पनि उनको पार्टी सत्तामा छ भने ज्ञवालीको पार्टी एमाले प्रतिपक्षमा छ । 

देवी ज्ञवालीसँगको अडियो कुराकानी सुन्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्राङ्क भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही हुने : गृह मन्त्राल

   २०७८ माघ १३, काठमाडौं । गृह मन्त्रालयले ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै

‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’:विष्णु रिमाल

पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन  २०७८

अब शेरबहादुर देउवाको पनि ओलीको जस्तै हालत हुन्छ : चित्रबहादुर केसी

    ५ पुष २०७८, सोमबार  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले

‘विवेकशील साझा सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन’

केशव दाहाल- नेता, विवेकशील साझा पार्टी २०७८ भदौ २,राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं,पुस २९, नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

काठमाडौँ, ७ मङ्सिर: लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि