राष्ट्रवादको नारा दिएर हिटलर जन्माउन खोजिँदैछः प्रचण्ड

१६ साउन, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रवादको नारा दिएर हिटलरहरु जन्माउन खोजिएको बताएका छन् । एमाले र मधेस केन्द्रीय दलहरुको आलोचना गर्दै प्रचण्डले उनीहरु जाति-जाति भिडाउने खेलमा लागेको बताए ।Prachanda-Address-to-People-1

सोमबार जनकपुरमा भएको पार्टीको प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोजेको बताए ।

हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भएको उल्लेख गर्दै उनले भने, ‘नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फाँसीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

माओवादी उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित पर्ने वइामा रहेको उनले बताए । उनले भने, ‘हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई-मधेसका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा हो । एमाले र मधेशी दलले लिएजस्तो जाति-जाति भिडाउने नारा होइन ।’

आफ्नो प्रधानमन्त्रीकालमा नै हिमाल, पहाड र तराई-मधेसलाई एकताको सुत्रमा बाँध्ने काम भएको उनको दाबी छ ।

एमालेलाई मधेसी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भन्दै प्रचण्डले भने, ‘उनीहरु बाध्यतावश स्वीकार्दैछन् । बलिया भए भने परिवर्तन उल्टाउँछन् ।’

नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले संकिर्ण जातिवादी, नश्लवादी र सामन्ती पार्टी भएको बताए । एमालेले सत्ताका लागि जेसुकै गर्न तयार हुने उनले बताए ।

माओवादीलाई पहिलो पार्टी बनाउने दाबी

कार्यक्रममा माओवादी शीर्ष नेताहरुले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाउन सकिने बताएका छन् ।

माओवादी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको भन्दै अध्यक्ष प्रचण्डले भने,  ‘यो प्रदेशमा माओवादीलाई पहिलो बनाउनु छ । त्यसका लागि युद्दस्तरमा निर्वाचन अभियानमा जानुपर्छ ।’

तर, यसका लागि भ्रम चिर्न सक्नुपर्ने उनले बताए । ‘हामीले बासमति चामल फलायौं । तर, बेच्न नै लगेनांै, घरमै पोको पारेर राख्यौं,’ उनले भने, ‘प्रतिगामीहरु कुहेको पिठो बोकेर घर-घर गए । अब हामी चामल बेच्न घर-घर जाऔं । कांग्रेस, एमालेको कुहिएको पिठो बिक्न नदिऊँ ।’

यस्तै माओवादी नेता श्रेष्ठले असोज २ को निर्वाचनलाई कुनै शक्ति र षड्यन्त्रले रोक्न नसक्ने बताए । साथै उनले मधेसी लगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न आफू प्रयत्नशील रहेको समेत बताए ।

नेता रामबहादुर थापा ‘बादल’ले नयाँ एकता हासिल गर्न सके प्रदेश नम्बर २ मा माओवादी पहिलो हुने बताए ।

भेलामा प्रदेश नम्वर २ का पार्टी महाधिवेशन आयोजक समितिका करिव एक हजार सहभागी छन् । प्रशिक्षणमा ८ जिल्लाका संयोजकहरुले रिपोर्ट प्रस्तुत गर्दै मुख्य प्रतिस्पर्धी कांग्रेस भएको बताएका छन् । केही स्थानमा मधेसवादी दल र एमाले प्रतिस्पर्धी हुने भन्दै नेताहरुले प्रदेश नम्बर २ मा पहिलो हुने लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र