राष्ट्रवादको नारा दिएर हिटलर जन्माउन खोजिँदैछः प्रचण्ड

१६ साउन, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रवादको नारा दिएर हिटलरहरु जन्माउन खोजिएको बताएका छन् । एमाले र मधेस केन्द्रीय दलहरुको आलोचना गर्दै प्रचण्डले उनीहरु जाति-जाति भिडाउने खेलमा लागेको बताए ।Prachanda-Address-to-People-1

सोमबार जनकपुरमा भएको पार्टीको प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोजेको बताए ।

हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भएको उल्लेख गर्दै उनले भने, ‘नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फाँसीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

माओवादी उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित पर्ने वइामा रहेको उनले बताए । उनले भने, ‘हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई-मधेसका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा हो । एमाले र मधेशी दलले लिएजस्तो जाति-जाति भिडाउने नारा होइन ।’

आफ्नो प्रधानमन्त्रीकालमा नै हिमाल, पहाड र तराई-मधेसलाई एकताको सुत्रमा बाँध्ने काम भएको उनको दाबी छ ।

एमालेलाई मधेसी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भन्दै प्रचण्डले भने, ‘उनीहरु बाध्यतावश स्वीकार्दैछन् । बलिया भए भने परिवर्तन उल्टाउँछन् ।’

नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले संकिर्ण जातिवादी, नश्लवादी र सामन्ती पार्टी भएको बताए । एमालेले सत्ताका लागि जेसुकै गर्न तयार हुने उनले बताए ।

माओवादीलाई पहिलो पार्टी बनाउने दाबी

कार्यक्रममा माओवादी शीर्ष नेताहरुले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाउन सकिने बताएका छन् ।

माओवादी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको भन्दै अध्यक्ष प्रचण्डले भने,  ‘यो प्रदेशमा माओवादीलाई पहिलो बनाउनु छ । त्यसका लागि युद्दस्तरमा निर्वाचन अभियानमा जानुपर्छ ।’

तर, यसका लागि भ्रम चिर्न सक्नुपर्ने उनले बताए । ‘हामीले बासमति चामल फलायौं । तर, बेच्न नै लगेनांै, घरमै पोको पारेर राख्यौं,’ उनले भने, ‘प्रतिगामीहरु कुहेको पिठो बोकेर घर-घर गए । अब हामी चामल बेच्न घर-घर जाऔं । कांग्रेस, एमालेको कुहिएको पिठो बिक्न नदिऊँ ।’

यस्तै माओवादी नेता श्रेष्ठले असोज २ को निर्वाचनलाई कुनै शक्ति र षड्यन्त्रले रोक्न नसक्ने बताए । साथै उनले मधेसी लगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न आफू प्रयत्नशील रहेको समेत बताए ।

नेता रामबहादुर थापा ‘बादल’ले नयाँ एकता हासिल गर्न सके प्रदेश नम्बर २ मा माओवादी पहिलो हुने बताए ।

भेलामा प्रदेश नम्वर २ का पार्टी महाधिवेशन आयोजक समितिका करिव एक हजार सहभागी छन् । प्रशिक्षणमा ८ जिल्लाका संयोजकहरुले रिपोर्ट प्रस्तुत गर्दै मुख्य प्रतिस्पर्धी कांग्रेस भएको बताएका छन् । केही स्थानमा मधेसवादी दल र एमाले प्रतिस्पर्धी हुने भन्दै नेताहरुले प्रदेश नम्बर २ मा पहिलो हुने लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण