राजबिराज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसका समस्या समाधान गर्दै राजपालाई चुनावमा सहभागी हुने बाताबरण बनाउनु पर्नेमा जोड दिएका छन् । दुई नम्बर प्रदेश स्थानीय तह निर्वाचनको तयारिको क्रममा सप्तरीको राजबिराज पुगेका थापाले आज पत्रकारसंग कुरा गर्दै आफ्नो पार्टीले हिन्दुत्व,मधेसको अधिकार र पहिचानको संरक्षण र आर्थिक बिकासलाई मुख्य एजेन्डा बनाएर जनतामाझ जाने बताए । उनले भ्रष्टाचार निबारणको निमित्त पार्टीले शसक्त आवाज उठाउने समेत बताए ।

मधेसमा देखिएको अतिबादी शक्तिलाई “आइसोलेट” गर्नको निमित्त संविधानको परिधी भित्र रहेका उदारबादी शक्तिलाई राष्ट्रिय राजनितिको मुलधारमा ल्याउनु पर्नेमा उनको जोड थियो ।
मधेस समस्या समाधानको निमित्त नेपाली काङ्ग्रेस र सत्तारूढ दल गम्भिर नभएको आरोप लगाउदै थापाले नियतबस नै सत्तारूढ दलको राजनितिक स्वार्थका कारण समस्या समाधान नगर्ने र राजपालाई चुनाव बाहिर राख्ने सुनियोजित खेल हुन सक्ने आशंका व्यक्त गरे ।
ठुला भनिने राजनितीक दलको अकर्मण्यता, गलत निति र सत्ता लिप्साका कारण बिखन्डनकारी शक्ति हाबी हुदै गएको तर्फ चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले मधेस राप्रपाको निमित्त उर्बर भुमी भएको भन्दै यस प्रदेशको निर्बाचनमा पार्टीले उत्साहजनक परिणाम ल्याउने बिश्वास गरे ।
महोत्तरीको बर्दिबासबाट शुरु भएको कार्यक्रम राजबिराज , लहान र जनकपुर पुगेर सम्पन्न हुनेछ । पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ , रामचन्द्र राय ,प्रबक्ता शुशिल श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला लगायत केन्द्रिय सदस्यहरु भ्रमण टोलिमा रहेका छन्
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा