राजबिराज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसका समस्या समाधान गर्दै राजपालाई चुनावमा सहभागी हुने बाताबरण बनाउनु पर्नेमा जोड दिएका छन् । दुई नम्बर प्रदेश स्थानीय तह निर्वाचनको तयारिको क्रममा सप्तरीको राजबिराज पुगेका थापाले आज पत्रकारसंग कुरा गर्दै आफ्नो पार्टीले हिन्दुत्व,मधेसको अधिकार र पहिचानको संरक्षण र आर्थिक बिकासलाई मुख्य एजेन्डा बनाएर जनतामाझ जाने बताए । उनले भ्रष्टाचार निबारणको निमित्त पार्टीले शसक्त आवाज उठाउने समेत बताए ।

मधेसमा देखिएको अतिबादी शक्तिलाई “आइसोलेट” गर्नको निमित्त संविधानको परिधी भित्र रहेका उदारबादी शक्तिलाई राष्ट्रिय राजनितिको मुलधारमा ल्याउनु पर्नेमा उनको जोड थियो ।
मधेस समस्या समाधानको निमित्त नेपाली काङ्ग्रेस र सत्तारूढ दल गम्भिर नभएको आरोप लगाउदै थापाले नियतबस नै सत्तारूढ दलको राजनितिक स्वार्थका कारण समस्या समाधान नगर्ने र राजपालाई चुनाव बाहिर राख्ने सुनियोजित खेल हुन सक्ने आशंका व्यक्त गरे ।
ठुला भनिने राजनितीक दलको अकर्मण्यता, गलत निति र सत्ता लिप्साका कारण बिखन्डनकारी शक्ति हाबी हुदै गएको तर्फ चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले मधेस राप्रपाको निमित्त उर्बर भुमी भएको भन्दै यस प्रदेशको निर्बाचनमा पार्टीले उत्साहजनक परिणाम ल्याउने बिश्वास गरे ।
महोत्तरीको बर्दिबासबाट शुरु भएको कार्यक्रम राजबिराज , लहान र जनकपुर पुगेर सम्पन्न हुनेछ । पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ , रामचन्द्र राय ,प्रबक्ता शुशिल श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला लगायत केन्द्रिय सदस्यहरु भ्रमण टोलिमा रहेका छन्
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका