काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव एकदुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको बताएका छन् ।
काठमाडौमा आइतबार भएको साक्षात्कारमा नेता पुनले संशोधन प्रस्ताव टुङगो लगाउने निश्कर्षमा दलहरु पुगेको भन्दै राजपाले परिणाम स्वीकार्न तयार हुनुपर्ने बताए ।
उनले भने ‘खेलको नियम मान्नुपर्छ, हामी ईमानदारितका साथ दुई तिहाई पुर्याउने कोशिश गरिरहेका छौं, प्रस्ताव फेल वा पास जे भएपनि राजपाले मान्नुपर्छ ।’
नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने धारणा राखे । त्यस्तै उनले संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने उल्लेख गर्दै भने,‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्, यीनीहरुलाई मिलाउनको लागि नै अहिलेको कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो ।’
नेकपा एमालेका नेता प्रकाश ज्वालाले प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्नको लागि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारे ।
कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पनि संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माग गरे । यादवले उक्त प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको समेत स्पष्ट पारे । उनले भने,‘संशोधन प्रस्ताव तत्काल भोटिङमा लैजानुपर्छ, हामी परिणाम स्विकार गर्न तयार छौं, फुटबल खेलेपछि खेलको नियम हामी मान्छौं।’ यद्धपी उनले सरकारले यसको लागि गम्भिर पहल गर्नुपर्ने धारणा राखे ।
यस्तै आपूर्तिमन्त्री मिन विश्वकर्माले एकै चरणमा निर्वाचन गराउनेगरि सरकार गृहकार्यमा लागेको बताएका छन् । कार्यक्रममा उनले भने,‘सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा गराउनेगरि छलफल सुरु गरिसकेको छ, यसमा प्रतिपक्षी दललगायत अन्य दलहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।’
विश्वकर्माले दुवै निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो हप्ता गर्नेगरि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका र दलहरुसँग छलफल गरिरहेको जानकारी पनि दिए ।
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी