देउवासँग रिसाए कमल थापा, वार्ता समिति भंग

१ साउन, काठमाडौं – मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि राप्रपाका अध्यक्ष कमल थापा सरकारसँग असन्तुष्ट देखिएका छन् ।

 

Sher-Bahadur-Deuba-Kamal-Thapaमन्त्रिपरिषद विस्तार भएको केही मिनेटमै राप्रपाले विज्ञप्ति निकालेर सरकारसाग वार्ता गर्न बनाइएको समिति भंग गरेको घोषणा गरेको छ ।

मन्त्रालय बाँडफाँटको विषयमा सरकारसँग छलफल गर्न भन्दै राप्रपाले महामन्त्री जयन्त चन्दको नेतृत्वमा वार्ता समिति बनाएको थियो । तीन सदस्यीय वार्ता समिति बुधबार भंग गरिएको राप्रपाका मुख्य सचिव विशेश्वर शर्मा सुवेदीले जानकारी दिए ।

राप्रपा अध्यक्ष कमल थापाले उपप्रधान मन्त्रीसहित पाँच मन्त्रालय मागेका थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानबाहेक चार मन्त्रालय दिने बताएका थिए ।

मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि राप्रपाविना प्रधानमन्त्री देउवाले बुधबार सरकार बिस्तार गरेका छन् । सरकारमा कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट १९ मन्त्री थपिएका छन् । यससँगै देउवा नेतृत्वको सरकार २७ सदस्यीय बनेको छ ।

हेर्नुहोस् राप्रपाले निकालेको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न