साझा र विवेकशील पार्टीबीच एकता घोषणा

११ साउन,काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच अाज एकीकरण भएको छ ।

bibekshil-sajha_4gioJWcr1m

आज काठमाडौमा आयोजित कार्यक्रममा दुवैपार्टीबीच एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । त्यस्तै तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह राखिएको छ ।   नयाँ पार्टीमा मिश्र र थापा हाललाइ समान हैसियतमा रहनेछन् ।  

नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म  ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने एकीकृत पार्टीले जनाएको छ । त्यस्तै दुवै पार्टीबाट ४–४ जनाको संयोजन समिति समेत गठन गरिएको छ ।  जसमा सहसंयोजकमा रविन्द्र मिश्र र उज्जवल थापा रहेका छन् । 

केन्द्रीय समितिमा को–को ?

नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ  ।  नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् ।

त्यस्तै अन्य  सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् ।  चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न