दुःख दिने प्रवृत्तिले मुद्दा दर्ता गरे ‘झगडिया’ले खर्च तिर्नुपर्ने

supreme-court-of-nepal-2                साउन ११, कठमाणडाैं, अनावश्यक रूपमा मुद्दा हालेर कसैले दुःख/हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको थप आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको सम्पूर्ण न्यायाधीशको फुलकोर्टले सर्वोच्च अदालत नियमावली २०७४ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । मुद्दामा कसैले दुःख हैरानी दिए अर्को पक्षबाट मुद्दाको खर्च भराउन सक्ने भनिएको छ । मुद्दा हालेर दुःख दिने प्रवृत्ति बढेपछि नियन्त्रण गर्न सर्वोच्चले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
नयाँ नियमावली पारित भएपछि मौजुदा २०४९ सालको नियमावली खारेज भएको छ । बढ्दो मुद्दाको चापलाई ध्यानमा राख्दै फुलकोर्टले बिदाको दिनमा समेत सर्वोच्चमा इजलास खुला गर्न सकिने व्यवस्था गरिएको छ । तर, बिदाको दिनमा अदालत खुला राख्न प्रधानन्यायाधीशले तोक्नुपर्ने सर्त राखिएको छ । ‘सर्वोच्च अदालतको नियमित कार्य समयका अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत अदालत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने,’ नयाँ नियमावलीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो