आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइने

काठमाडौँ, १० साउन– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकका ‘द्विपक्षीय परामर्श संयन्त्र’मार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइने बताएका छन् । 
Mahara
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा आज परराष्ट्र मन्त्रालयमा आएको प्रतिनिधिमण्डलसँग मन्त्री महराले भने, “द्विपक्षीय परामर्श संयन्त्र भएका मुलुकमा संयन्त्रमार्फत र नभएका मुलुकमा संयन्त्र स्थापना गरेर आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा अगाडि बढाउँछौँ ।” 

परराष्ट्र नीतिसम्बन्धी सुझाव दिन बनेको उच्चस्तरीय कार्यदलमा उद्योग वाणिज्य महासंघले महत्वपूर्ण सुझाव दिइसकेको विश्वास व्यक्त गर्दै उहाँले अबका दिनमा राज्यले राजनीतिकभन्दा आर्थिक मुद्दालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने बताए । उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको र महासंघले उठाएका मागलाई सम्बोधन गर्न आफू र आफ्नो मन्त्रालयको सहयोग रहने मन्त्री महराले विश्वास दिलाए । 

सो अवसरमा महासंघका अध्यक्ष राणाले कूटनीतिक नियोगलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने सुझाव दिँदै निर्यातमुखी कूटनीतिलाई विशेष ध्यान दिनुपर्ने बताइन् । उनले कार्यदक्षता र क्षमताका आधारमा कूटनीतिक प्रमुखको कार्याविधि थपिनुपर्नेमा जोड दिँदै त्यसका विषयमा मन्त्रालयले विशेष नियमन गर्नुपर्ने बताइन्। राज्यले गर्ने विभिन्नस्तरको उच्चस्तरीय भ्रमणमा महासंघका प्रतिनिधिको सम्मानजनक उपस्थिति हुनुपर्ने अध्यक्ष राणाले माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न