भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ ,नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरललाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई मध्यपुर नगरपालिका वडा नं ३ कौशलटार चोकमा रहेको वेभ शेकुवा कर्नरमा सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
भक्तपुर जिल्ला चाँगुनरायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको जग्गाको बाटो काटी प्लटमिलान गर्न सेवाग्राहीले निवेदन दिएका थिए । सेवाग्राहीले आफ्नै ३ आनाको दुई टुक्रा जग्गामा एउटा कित्ताबाट आफ्नै जग्गामा जान बाटो कित्ताकाट गर्नको लागि सबै प्रकृया पुर्याएर गएको भए पनि अधिकृतले ५० हजार घुस मागेका थिए । घुस मागेको सूचना सेवाग्राहीले अख्तियारलाई दिएसँगै टोलीले रंगेहात कर्मचारी पक्राउ गरेको हो ।
पाँच महिना पहिले पनि अख्तियारले भक्तपुर मालपोतका दुई कर्मचारी ६ लाख १४ हजार घुससहित पक्राउ परेका थिए ।