देउवा र दाहालको गोप्य बालुवाटार सहमति कमल थापाले थाहा पाएपछि बबाल…

काठमाडौं । आफ्नो आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपा नेपाललाई सरकार बाहिर राख्न सहमत भएका छन् ।dahal-and-deuba-768x433 (1)

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि राप्रपालाई दिने भनिएका चार मन्त्रालय दुई पार्टीले भागबन्डा गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल थाइल्याण्डबाट फर्केको दोस्रो दिन दुई नेताबीच बालुवाटारमा यस्तो सहमति भएको हो ।

राप्रपालाई चार मन्त्रालय नदिने सहमति देउवा र दाहालले गरेको राप्रपा अध्यक्ष कमल थापालाई प्रधानमन्त्री निकट स्रोतबाट जानकारी गराइएको छ । सरकारमा नलिने सहमति भएको थाहा पाएपछि थापाले राप्रपालाई सिध्याउन केही दल, पत्रकार, देशी विदेशी गिरोह लागेको पार्टी बैठकमा प्रतिवेदन दिए ।

देउवा सरकार गठन हुँदा नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ८ र राप्रपाले ४ र फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने सहमति भएको थियो । तर राप्रपाले संविधान संशोधनमा सरकारलाई साथ नदिएको आरोप लगाउँदै देउवा र दाहालले सरकार बाहिर राख्ने निर्णय गरेका छन् । राप्रपालाई दिने सहमति भएका चार मध्ये दुई मन्त्रालय कांग्रेस र माओवादीले भागबन्डा गरेका छन् ।

राप्रपालाई सरकारमा नल्याउने सहमति भएको फोरम लोकतान्त्रिकका अध्यक्ष तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले पनि सुचना पाए । त्यसपछि उनले चार मन्त्रालयको दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र