तेल वितरण ठप्प पारेका ब्यवसायीले १५ दिन आन्दोलन रोके

4 साउन, काठमाडौं । बाग्मती पेट्रोलियम डिलर्स एशोसियशनले १५ दिनका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज मंगलबारबाट अञ्चलभरि तेल वितरण बन्द गरेको एशोसियसनसँग नेपाल आयल निगमले बेलुकी वार्ता गरेपछि १५ दिनका लागि आन्दोलन स्थगित भएको हो ।सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै ब्यवसायीले मंगलबारदेखि पेट्रोलियम पदार्थको खरिद-बिक्री ठप्प पारेका थिए ।petrol-oil-pump-tel

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसका बारेमा कुनै सम्बोधन नगरेको भन्दै व्यवसायी आन्दोलित भएका थिए । आज भएको वार्ताले यस्तो लसबारे अध्ययन गर्न ७ सदस्यीय समिति बनाएको छ ।यो समितिले विभिन्न शहरहरुमा पनि गएर लसहरुबारे अध्ययन गर्नेछ र रिपोर्ट पेश गर्नेछ । १५ दिनभित्र समितिले प्रतिवेदन दिने र त्यो प्रतिवेनको रिपोर्टको सुझावलाई कार्यान्वयन यगनेर् सहमति भएको निगमका प्रवक्ता सीतारम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलीले झण्डै एक बर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन नगरी सो छानविन समिति नै भंग गरी अर्को समिति गठन गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएको कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीको गुनासो छ ।सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परीक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको वास्तविकता नस्वीकारी पुन समिति गठन गर्नुले आफुहरुको माग प्रति सरकार गम्भीर नभएको स्पष्ट भएको व्यवसायीको आरोप छ ।

बाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाका प्रतिनिधि संग्लग्न छानविन समितिले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।सो प्रतिवेदन कार्यान्वयन गरी निगम संचालक समितिको सोमबारको बैठकले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका एक, नास्टका एक, आयल निगमका १ र २ व्यवसायी रहने गरी नया समिति बनाएपछि व्यवसायी पुन आन्दोलित भएका थिए ।भारतीय आयल निगमबाट तेल भर्ने समय देखि राजधानी ल्याउने समयसम्म हुने प्राविधिक घाटाको पुर्ति निगम बाट हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि