मन्त्री छान्न कांग्रेसमा ६ गुट !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो साता भित्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उपचारका लागि थाइल्याण्ड पुगेका सत्तारुढ दल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार फर्किएपछि नयाँ मन्त्रीहरुको चयन हुनेछ ।deba-govment-

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्ड फर्किएपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारी अन्तिम चरणमा पु¥याएका छन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेलले सरकारमा सहभागी हुने सांसदहरुको नाम टुङ्ग्याइसकेका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार नेताहरु कृष्ण प्रसाद सिटौला र खुमबहादुर खड्काले आफ्नो समुहबाट भिमसेन दास प्रधान र मोहन बस्नेतलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । संभवत यो समुहबाट दुवै जना मन्त्री बन्ने संभावना रहेको बताइएको छ ।
यता पौडेलले भने ५ जनाको नाम सिफारिस गरेका छन् । तर, देउवाले पौडेललाई तीन जनाको नाम सिफारिस गर्न आग्रह

गरेका छन् । स्रोतका अनुसार पौडेलले रामकृष्ण यादव, कमला देवि पन्त र बलबहादुर केसीलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । यता प्रधानमन्त्री देउवाले भने दुई जनाको नाम फाइनल गरेका छन् । देउवाका विश्वास पात्र मिन बहादुर विश्वकर्मा र भिष्मराज आङदाम्बेलाई क्याबिनेटमा सहभागी गराउने तयारी देउवाको छ ।

यता रामशरण महतले काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित सांसद राजन केसी र डा. शसांक कोइरालालले दीपक खड्कालाई सरकारमा सहभागी बनाउन प्रस्ताव गरेका छन् ।

कांग्रेसका एक बरिष्ठ नेताका अनुसार संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने प्रयासमा देउवा छन् । ‘संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन प्रधानमन्त्री ज्यु छलफलमा हुनुहुन्छ,’ उनले भने,‘छलफल नटुङ्गीएका कारण सरकार विस्तारमा ढिलाई भएको हो ।’

यस्तो छ माओवादी तयारी

यता सत्तारुढ प्रमुख दल नेकपा माओवादी केन्द्रले पनि मन्त्री बन्नका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ । स्रोतका अनुसार नयाँ अनुहारलाई यसपटकको मन्त्रीमण्डलमा सहभागी गराउने तयारी माओवादी केन्द्रको छ । माओवादी केन्द्रको भागमा ९ वटा मन्त्रालय पाउनुपर्ने माओवादीको माग छ । तर, कांग्रेसले ८ वटामा चित्त बुझाउन प्रस्ताव अघि सारेको छ । सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सहभागी भए माओवादीले सात वटा मन्त्रालय मात्रै पाउने छ ।

यस्तो अवस्था रहे माओवादीले अब जम्मा चार जनालाई मात्रै मन्त्री बनाउने अवसर पाउनेछ । यसअघि पहिलो पटक मन्त्री मण्डल विस्तारको क्रममा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री प्रभू साहले सपथ लिइसकेका छन् ।स्रोतका अनुसार सोमबार भित्रै माओवादी हेडक्वाटरले मन्त्रीहरुको नाम फाइनल गर्नेछ । माओवादीले आफ्नो भागमा सुचना तथा सञ्चार, स्वास्थ्य, कृषि विकास, उर्जा र सामान्य प्रशासन मन्त्रालय पाउनु पर्ने माग गरेको छ । माओवादी केन्द्रका अनुसार सबै प्रदेशबाट सहभागीता हुनेगरी मन्त्रीहरु चुन्ने अभ्यास भइरहेको छ ।स्रोतका अनुसार मोरङका सांसद शिव कुमार मण्डल, रामेछापका सांसद स्याम कुमार श्रेष्ठ, सल्यानका सांसद तथा माओवादी प्रमुख सचेतक टेक बहादुर बस्नेत, आशा कोइराला, सिता नेपालीलाई मन्त्री मण्डलमा सहभागी गराउने तयारी छ ।सत्तारुढ दलले अखण्ड नेपाल पार्टीका नेता कुमार खड्का र समाजवादी जनता दलका सांसद प्रेम बहादुर सिंहलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको छ ।

स्रोतका अुनसार सत्तारुढ दलहरुले सोमबार वा मंगलबार भित्रै नयाँ मन्त्रीहरुको सपथ गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र