मन्त्री छान्न कांग्रेसमा ६ गुट !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो साता भित्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उपचारका लागि थाइल्याण्ड पुगेका सत्तारुढ दल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार फर्किएपछि नयाँ मन्त्रीहरुको चयन हुनेछ ।deba-govment-

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्ड फर्किएपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारी अन्तिम चरणमा पु¥याएका छन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेलले सरकारमा सहभागी हुने सांसदहरुको नाम टुङ्ग्याइसकेका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार नेताहरु कृष्ण प्रसाद सिटौला र खुमबहादुर खड्काले आफ्नो समुहबाट भिमसेन दास प्रधान र मोहन बस्नेतलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । संभवत यो समुहबाट दुवै जना मन्त्री बन्ने संभावना रहेको बताइएको छ ।
यता पौडेलले भने ५ जनाको नाम सिफारिस गरेका छन् । तर, देउवाले पौडेललाई तीन जनाको नाम सिफारिस गर्न आग्रह

गरेका छन् । स्रोतका अनुसार पौडेलले रामकृष्ण यादव, कमला देवि पन्त र बलबहादुर केसीलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । यता प्रधानमन्त्री देउवाले भने दुई जनाको नाम फाइनल गरेका छन् । देउवाका विश्वास पात्र मिन बहादुर विश्वकर्मा र भिष्मराज आङदाम्बेलाई क्याबिनेटमा सहभागी गराउने तयारी देउवाको छ ।

यता रामशरण महतले काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित सांसद राजन केसी र डा. शसांक कोइरालालले दीपक खड्कालाई सरकारमा सहभागी बनाउन प्रस्ताव गरेका छन् ।

कांग्रेसका एक बरिष्ठ नेताका अनुसार संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने प्रयासमा देउवा छन् । ‘संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन प्रधानमन्त्री ज्यु छलफलमा हुनुहुन्छ,’ उनले भने,‘छलफल नटुङ्गीएका कारण सरकार विस्तारमा ढिलाई भएको हो ।’

यस्तो छ माओवादी तयारी

यता सत्तारुढ प्रमुख दल नेकपा माओवादी केन्द्रले पनि मन्त्री बन्नका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ । स्रोतका अनुसार नयाँ अनुहारलाई यसपटकको मन्त्रीमण्डलमा सहभागी गराउने तयारी माओवादी केन्द्रको छ । माओवादी केन्द्रको भागमा ९ वटा मन्त्रालय पाउनुपर्ने माओवादीको माग छ । तर, कांग्रेसले ८ वटामा चित्त बुझाउन प्रस्ताव अघि सारेको छ । सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सहभागी भए माओवादीले सात वटा मन्त्रालय मात्रै पाउने छ ।

यस्तो अवस्था रहे माओवादीले अब जम्मा चार जनालाई मात्रै मन्त्री बनाउने अवसर पाउनेछ । यसअघि पहिलो पटक मन्त्री मण्डल विस्तारको क्रममा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री प्रभू साहले सपथ लिइसकेका छन् ।स्रोतका अनुसार सोमबार भित्रै माओवादी हेडक्वाटरले मन्त्रीहरुको नाम फाइनल गर्नेछ । माओवादीले आफ्नो भागमा सुचना तथा सञ्चार, स्वास्थ्य, कृषि विकास, उर्जा र सामान्य प्रशासन मन्त्रालय पाउनु पर्ने माग गरेको छ । माओवादी केन्द्रका अनुसार सबै प्रदेशबाट सहभागीता हुनेगरी मन्त्रीहरु चुन्ने अभ्यास भइरहेको छ ।स्रोतका अनुसार मोरङका सांसद शिव कुमार मण्डल, रामेछापका सांसद स्याम कुमार श्रेष्ठ, सल्यानका सांसद तथा माओवादी प्रमुख सचेतक टेक बहादुर बस्नेत, आशा कोइराला, सिता नेपालीलाई मन्त्री मण्डलमा सहभागी गराउने तयारी छ ।सत्तारुढ दलले अखण्ड नेपाल पार्टीका नेता कुमार खड्का र समाजवादी जनता दलका सांसद प्रेम बहादुर सिंहलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको छ ।

स्रोतका अुनसार सत्तारुढ दलहरुले सोमबार वा मंगलबार भित्रै नयाँ मन्त्रीहरुको सपथ गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन