३१ असार, काठमाडौं । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले भोलि आइताबरदेखि गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ ।
अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना लगाउनेछ ।
अहिले यात्रु खोज्न बसपार्कबाट छुटेका बस चक्रपथ घुमेर बस्ने गरेका छन् । यसले ट्राफिक जामको समस्या बढाएको निश्कर्ष ट्राफिक प्रहरीको छ ।
अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँ-ठाउँमा जाम हुने समस्या बढेकाले यो ब्यवस्था गरिएको बताए ।
नियम नमान्ने सवारी साधनलाई भोलिदेखि नै कारबाही सुरु गरिने पाण्डेले बताए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित