एकल महिलालाई युवाहरुले बनाइदिए घर

३१ असार, डडेल्धुरा । डडेल्धुराका युवाहरुले एकल महिलाका लागि घर निर्माण गरेको हस्तान्तरण गरेका छन् । ३ लाख १० हजार लागतमा निर्माण गरिएको २ कोठा र भान्सा सहितको घर शनिबार नन्दादेवी पाठकलाई हस्तान्तरण गरिएको हो ।Nanda-Davi-Pathak-house-1

 

घरको साँचो अमरगढी नगरपालिकाका प्रमुख बिशेश्वर प्रसाद ओझा र उपप्रमुख संगिता भण्डारीले हस्तारण गरेका हुन् ।

उनका लागि सामाजिक एकता क्लबको पहलमा युवाहरुले घर निर्माण गरिदिएका हुन् । सामाजिक रुपान्तरका लागि राज्यको मात्रै नभई समाजमा रहेका युवाहरुको पनि दायित्य हुने सामाजिक एकता क्लबका अध्यक्ष रबिन्द्र केसीले बताए ।

आफुहरुले व्यक्तिगत रकम उठाएर तथा विभिन्न निकायको सहयोगमा ३ लाख १० हजार लागतमा घर निर्माण सम्पन्न गरेको क्लबका महासचिव बाबुराम श्रेष्ठले बताए ।

युवाको यो अभियानले आटे सम्भव छ भन्ने उदाहरण दिएको अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले बताए ।

 

घर पाएपछि नन्दाको खुसीको सीमा नै छैन । अमरगढी नगरपालिका सिलिङ्गधारा निवासी पाठकले करीव २० वर्ष अगाडि श्रीमान गुमाएकी थिइन र १५ वर्षे छोराका साथ बस्दै आएकी थिइन । उनको घर करिब ७ आठ महिना अघि भत्किएपछि रेडक्रसले दिएको पालमुनी बस्दै अआएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा