३१ असार, डडेल्धुरा । डडेल्धुराका युवाहरुले एकल महिलाका लागि घर निर्माण गरेको हस्तान्तरण गरेका छन् । ३ लाख १० हजार लागतमा निर्माण गरिएको २ कोठा र भान्सा सहितको घर शनिबार नन्दादेवी पाठकलाई हस्तान्तरण गरिएको हो ।
घरको साँचो अमरगढी नगरपालिकाका प्रमुख बिशेश्वर प्रसाद ओझा र उपप्रमुख संगिता भण्डारीले हस्तारण गरेका हुन् ।
उनका लागि सामाजिक एकता क्लबको पहलमा युवाहरुले घर निर्माण गरिदिएका हुन् । सामाजिक रुपान्तरका लागि राज्यको मात्रै नभई समाजमा रहेका युवाहरुको पनि दायित्य हुने सामाजिक एकता क्लबका अध्यक्ष रबिन्द्र केसीले बताए ।
आफुहरुले व्यक्तिगत रकम उठाएर तथा विभिन्न निकायको सहयोगमा ३ लाख १० हजार लागतमा घर निर्माण सम्पन्न गरेको क्लबका महासचिव बाबुराम श्रेष्ठले बताए ।
युवाको यो अभियानले आटे सम्भव छ भन्ने उदाहरण दिएको अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले बताए ।
घर पाएपछि नन्दाको खुसीको सीमा नै छैन । अमरगढी नगरपालिका सिलिङ्गधारा निवासी पाठकले करीव २० वर्ष अगाडि श्रीमान गुमाएकी थिइन र १५ वर्षे छोराका साथ बस्दै आएकी थिइन । उनको घर करिब ७ आठ महिना अघि भत्किएपछि रेडक्रसले दिएको पालमुनी बस्दै अआएकी थिइन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल