विदेशी च्यानल विज्ञापनरहित नहुने

३१ असार, काठमाडौं । सरकारले नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभजिन प्रशारकको दबावमा भोेलि अाइतबारदेखि लागू हुने भनिएको ‘क्लीन फीड नीति’ स्थगित गरेको छ । सरकारको यो निर्णयपछि भोलिदेखि टेलिभिजन सेवा बन्द गर्ने घोषणा गरेका नेपाली टेलिभिजन वितरकहरुले पनि आन्दोलन फिर्ता गरेका छन् ।

डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले अब क्लीन फीड नीति भन्दा पनि नेपालको ब्यवहारिकता हेरेर सबैलाई लाभ हुने गरी नयाँ नीति लिनुपर्ने बताए ।

 

सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै साउन १ गते अर्थात आइतबारदेखि लागू गर्ने भनिएको विज्ञापनरहित नीति-२०७३ तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

मन्त्रालयले नीतिका सम्बन्धमा केही कार्यहरुको सम्पादन हुन बाँकी रहेकाले तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ । नेपालले क्लीन फीड लगाउने तयारी गरेपछि भारतीय टेलिभिजन वितरकहरुले नेपालका लागि छुट्ट्ै फीड सामग्री उत्पादन गर्न नसकिने बताएका थिए ।

त्यस्ता कन्टेन्ट उत्पादन गरिएपनि त्यो नेपालका लागि आर्थिक रुपमा सम्भाब्य नहुने भन्दै ईण्डियन ब्रोडकाष्टिङ फेडेरेशनले फिर्ता लिन पटक-पटक अपील गरेको थियो ।

भारतीय टेलिभिजनले नेपालका लागि छुट्टै फीड नदिने बताएको भन्दै नेपाली केबल ब्यवसायी र डिस होमले आइतबारदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएको थियो ।

उनीहरुले नीति फिर्ता नभए आफूहरुले प्रशारण गर्ने ९५ प्रतिशत टेलिभिजन सामग्री गैह्रकानुनी हुने भएकाले रोक्ने घोषणा गरेका थिए । तर, सरकारले आफ्नो अडान छोड्दै क्लीन फीड नीति तत्काल लागू नगर्ने संकेत देखाएको छ ।

यसबाट विज्ञापन ब्यवसायी भने असन्तुष्ट बनेका छन् । नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन रोक्ने नीति फिर्ता लिएपछि सर्वसाधारणले पनि सामाजिक सञ्जालमा तीव्र असन्तुष्टी पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग