बेरुजु फछर्यौट कार्ययोजना बनाउन महालेखालाई निर्देशन

Mahalekha-Parichhak-Office

२८ असार, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बेरुजु फछर्यौट कार्ययोजना तत्काल बनाउन महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिएको छ ।

 

लेखा समितिको बुधबार बसेको बैठकले बेरुजु फछर्यौटको विवरण १५ दिनभित्र पेश गर्ने गरी मन्त्रालय, निकाय, सचिवालय र आयोगलाई निर्देशन दिन पनि महालेखा परीक्षकको कार्यालयलाई सचेत गराएको छ ।

बेरुजु अंक बढ्दै गईरहेका बेला समितिले महालेखा परीक्षक टंकमणि शर्मालाई बोलाएर ६ महिना भित्र कूल बेरुजु रकमको ८० प्रतिशत रकम असुल गरिसक्ने लक्ष्य निर्धारण गर्न र त्यसअनुसार काम अघि बढाउन निर्देशन दिएको छ ।

बेरुजु रकम वर्षेनी बढदै गएकाले त्यसलाई न्यूनिकरण गर्दै लैजाने गरी तत्काल कार्ययोजना बनाउन महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समितिले लेखा परीक्षण प्रणालीलाई नतिजामूलक बनाउन पनि महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले बेरुजु अंक बढदै गएका कार्यालयलाई जवाफदेही बनाउने गरी काम गर्न महालेखा परीक्षकको कार्यालयलाई सुझाव दिएका थिए ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले जवाफदेहिता नै बेरुजु न्यूनिकरण गर्दै लैजाने आधार भएको भन्दै त्यस अनुसार कार्ययोजना बनाएर अघि बढन सुझाव दिए ।

महालेखा परीक्षक टंकमणि शर्माले बेरुजु घटाउन निरन्तर अनुगमन गरेर जाने कार्ययोजना तय गरिएको जानकारी दिए । साथै लेखा प्रणालीलाई व्यवस्थित बनाउन पनि निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता रहेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि