ओली : नेपाली भाषाको बिम्ब प्रयोग गर्दा ‘उखाने टुक्के’ भएँ

IMG_5768-300x205२१ असार , काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पढेलेखेकाहरुमै नेपाली भाषाप्रतिको अज्ञानता बढी रहेको बताएका छन् । काठमाडौंमा आज आयोजित छिन्नलता गीती पुरस्कार अर्पण समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओलीको पढे लेखेका बिद्वानहरु नै नेपाली भाषाप्रति बितृष्णा पैदा गर्ने काममा लागेको तथ्य राखे ।

‘नेपाली भाषा यति संमृद्ध छ कि, कसैले पनि हाम्रो भाषालाई टक्कर दिन सक्दैन, तर मैले भाषाको संमृद्धिको कुरा गर्छु, मैले बिम्बहरुको प्रयोग गर्छु तर समाजका पढेलेखेकाहरु नै बिम्बको कुरा गर्दा ‘उखान टुक्का’ भन्छन । तर त्यो उखान टुक्का होइन, नेपाली भाषाका बिम्बहरु हुन,’ ओलीले भने ।

 उनले नेपाली भाषा र संस्कृतिप्रतिको मोह बढाउन सवै नेपालीमा अपिल समेत गरे । ‘म सवै नेपाली दाजुभाई दिदी बिहनीसँग नम्र निवेदन गर्न चाहन्छु कि हामीले आफूलाई चिन्नु पर्दछ । दुनियाँ जव अन्धकारमा थियो, हाम्रा पुर्खाहरु बेदको रचना गर्दै थिए । हाम्रो पुर्खाले काम गरेको बेला आजका साहित्यका बादशाहहरु जंगलमा शिकार खोज्दै हिड्दै थिए होला,’ ओलीले भने , ‘जतिबेला लिपी बनेको थिएन, त्यत्ति बेला पनि लयवद्ध ढंगले नबिर्सने गरी नेपाली भाषाको लिपी थिए, हस्ताक्षरहरु भएका थिए ।’

उनले नेपालीले आफ्नो इतिहासप्रति गर्व गर्नुपर्ने आवश्यकता समेत औल्याए । ‘हामी आफ्नो इतिहास सम्झनु पर्छ । हामी संमृद्ध इतिहास भएको देशका नागरिक हौं । हाम्रो, कला संस्कृति कसैसँग तुलना हुनसक्दैन,’ ओलीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि