जो झिनो मतले हारे

matgadana_cIXa9qg6Yxअसार २१, काठमाडौं – स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित-हार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ ।

झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी हुनुभयो । अहिलेसम्म गाउँ-नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो ।

कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी हुनुभएको हो ।अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित-हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई-दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

२० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन-तीन तहमा पराजित भएका छन् । एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ ।

त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ ।कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो । कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ ।

त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका