असार २०, घोराही – ०७० सालको संविधानसभा निर्वाचनमा दाङमा कांग्र्रेसले पाँचवटै निर्वाचन क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी मत पाएका थिए, कांग्रेस उम्मेदवारहरूले । एमालेका प्रभावशाली नेता शंकर पोखरेलसमेत कांग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग पराजित हुनुपरेको थियो । त्यसअघि पनि कांग्रेसले आफ्नो प्रभाव यथावत राख्दै आफ्नो किल्लाका रुपमा दाङलाई चिनाउँदै आएको थियो । कांग्रेस प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको गृहजिल्ला दाङ सबै निर्वाचनमा खड्काकै प्रभावमा रहन्थ्यो । यसपालिको स्थानीय तह निर्वाचनमा भने एमालेले कांग्रेसको गढ भत्काएको छ ।
जिल्ला सदरमुकाम घोराही उपमहानगरपालिकामा एमालेको झन्डा फहराएको छ । अञ्चल सदरमुकाम तुलसीपुर उपमहानगरपालिकामा पनि एमाले मेयरका उम्मेदवार घनश्याम पाण्डेको अग्रता कायम छ । नगरका पूर्वउपमेयर, विश्व वन सञ्चालनका संयोजक तथा वन महासंघका पूर्वअध्यक्ष पाण्डे निर्वाचनमा लोकप्रिय देखिनुभएको छ ।
०४८, ५१, ५६, ६४ र ७० को निर्वाचनमध्ये ०६४ मा माओवादी आएबाहेक बाँकी सबैमा कांग्रेसले जितेर आफ्नो गढको रूपमा स्थापित गर्दै आएको थियो । एमालेले सोमबारसम्म चार स्थानीय तहमा जित हात पारिसकेको छ भने तुलसीपुरमा अग्रता कायम गरेको छ ।
जिल्लामा आधा स्थानीय तहमा एमालेले किल्ला गाड्ने देखिएको छ । कांग्रेसले भने चार स्थानीय तहमा चित्त बुझाउँदै छ । एकमा माओवादी केन्द्रको जित छ । स्थानीय तहमा लोकप्रिय उम्मेदवारहरूलाई जनताले मूल्यांकन गरेर मत दिएको देखिएको छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का