दुर्घटनामा एकको मृत्यु, ४१ घाइते

१८ असार , चौतारा– चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गत चौतारा बन्देउ सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् । 

दुर्घटनामा गम्भीर घाइते सोही नपाको वडा नं १३ निवासी पाँच वर्षीया बालिका सुजाता नेपालीको धुलिखेलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

घाइते ४१ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

सो नगरपालिका–१३ को ठूलोसिरुबारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रुबसले विपरीत दिशाबाट आएको बा६४प ३०२६ नंको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल पल्टिएको थियो । मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित