![k|wfg ;]gfklt IfqL g]kfnL ;]gfsf k|wfg ;]gfklt /fh]Gb| IfqL laxLaf/ g]kfnL ;]gfsf] Joj:yfkgdf ;'? ul/Psf] sf7df8f}F t/fO{ dw]; b|'tdfu{ ;8s cfof]hgfsf] k|ult ;dLIff sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;](https://peoplenepal.com/wp-content/uploads/2017/06/1498747286579_PRO_KTM_290617_IMG_6658-300x200.jpg)
१६ असार – विश्व शान्तिका लागि योगदान पुर्याउने मुलुकको दोस्रो सुरक्षा सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ । सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटालगायत सहभागी हुने भएका छन् । नेपालले विश्व शान्तिमा पुर्याएको योगदानबारे राष्ट्रसंघले प्रशंसा गर्दै आएको छ । विश्व शान्तिमा पुर्याएको योगदानलाई ध्यान दिएर राष्ट्रसंघको नेतृत्व पदमा पनि नेपाली सेनाका अधिकृतहरूको कोटा बढाउन नेपालले पहिलेदेखि नै माग गर्दै आएको छ ।
न्युयोर्कमा असार २३ गते हुने उक्त सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टेरसलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सम्मेलनमा क्षत्रीले शान्ति सेना हेर्ने राष्ट्रसंघका उपमहासचिव तथा महासचिव गुन्टेरसका सुरक्षा सल्लाहकारसँग पनि भेटवार्ता गर्ने सेनाले जनाएको छ । उनले सुडान र कंगोका फोर्स कमान्डरसँग पनि भेटवार्ता गर्नेछन् । कंगोका विद्रोहीसँग शान्ति सेनामा खटिएका नेपाली सेनाको हालै दोहोरो फायरिङ भएको थियो ।
सम्मेलनमा नेपाली सेनाले विश्व शान्तिमा पुर्याउँदै आएको विषयमा जानकारी दिने र नेपालको सेनाका बारेमा धारणा राखेर प्रधानसेनापछि क्षत्री बेलायत हुँदै फर्किने कार्यक्रम छ । बेलायती सेनाध्यक्ष सर निकोलस पाट्रिक कार्टरको निमन्त्रणामा क्षत्री बेलायत जान लागेका हुन् । उनले बेलायती सेनाको मुख्यालयको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित