
काठमाडौ–म्याभरिक प्रालिको आधिकारिक बिक्रेता लेगो नेपाललाई सिङ्गापुरमा २०१७ जुन ११ देखि १५ सम्म आयोजित इमर्जिङ्ग एशिया डिस्ट्रीब्यूटर कन्फ्रेन्सले ‘उत्कृष्ट स्थानीय पहल २०१७’ द्वारा सम्मानित गरेको छ ।
१५ देशको सहभागिता रहेको उक्त कन्फ्रेन्समा ८ वटा वर्गमा अवार्ड वितरण गरिएको थियो । जस मध्ये लेगो नेपालले ३ वटा वर्गमा नोमिनेट हुँदै एउटा वर्गमा अवार्ड हात पार्न सफल भएको जनाइएको छ ।
लेगोले नेपालभर रहेका बालबालिकालाई आफ्नो नवीन तथा रमाइलो तरिकाले विभिन्न च्यानलको माध्यमबाट बालबालिकालाई अध्ययनको पृथक अनुभव प्रदान गर्दै आएको छ । सोही प्रयासको पहिचानमा उक्त अवार्ड लेगो नेपाललाई प्रदान गरिएको हो ।
म्याभरिक प्रालि नेपालका लागि लेगो, बार्भी, हट व्हीलस्, फिसर प्राइज र क्यानन्डेल ब्राण्डको आधिकारिक बिक्रेता हो । नेपालभर लेगोको ३० वटा भन्दाबढी स्ट्रोर रहेका छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष