दुई मतदान केन्द्रमा महिला कर्मचारी

काँकडभिट्टा (झापा), १२ असार । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार भद्रपुरनगरपालिका–६ एसपी मोडस्थित मेची इस्टमोड रङ्गशालाको दुईवटा निर्वाचन केन्द्रमा राष्ट्रिय वाणिज्य बंैक, भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालयकी अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो ।

जिल्लामै नमुना मतदान केन्द्र बनाई शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनका लागि महिला कर्मचारी खटाइएको उहाँले बताउनुभयो । दुवै जनाको नेतृत्वमा छ/छजना महिला कर्मचारी खटाइएको छ ।

“जिल्ला प्रहरी कार्यालयसँग सो निर्वाचन केन्द्रमा सम्पूर्ण सुरक्षाकर्मी पनि महिलालाई नै खटाइदिन अनुरोध गरेको छु,” उनले भनिन् ।

प्रहरी उपरिक्षक शैलेन्द्र थापाले जिल्लामा महिला सुरक्षाकर्मी र महिला म्यादी प्रहरीको सङ्ख्या कम भएका कारण महिला सुरक्षाकर्मीमात्रै उपलब्ध गराउन नसकिने बताए  । जिल्लामा पाँच लाख १० हजार ८०० मतदाता रहेका छन् । जिल्लामा १५ वटा स्थानीय तहमा २८३ मतदानस्थल तथा ६३७ मतदान केन्द्र रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने