June 26, 2017

शेरबहादुर देउवा : मुस्लिम समुदायले देखाएको धार्मिक सहिष्णुता अनुकरणीय

१२ असार , काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासको कालखण्डमा नेपाली मुस्लिम समुदायले देखाएको धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताउनुभएको छ ।

 इस्लाम धर्मावलम्बीको महान् पर्व इद ९इदुल–फित्र० का अवसरमा आज उहाँले प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुद बनाउन सबैलाई अभिप्रेरित बनाउन सकोस् भन्दै सबैमा इदको शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो । बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ”– विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले जनताको लामो सङ्घर्षपछि संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागको सम्बोधन गर्ने तथा नयाँपनलाई समेत अवलम्बन गर्ने आधार निर्माण भएको उल्लेख गर्नुभएको छ ।

उहाँले संविधानमा रहेको राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न नेपालको मुस्लिम समुदायलगायत सबैको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभएको छ । सरकारले इद ९इदुल–फित्र० का अवसरमा भोलि असार १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि