बिराटनगर, ९ असार — दोस्रो चरण अन्तर्गत असार १४ मा निर्वाचन हुन लागेको एक मात्रै महानगरपालिका हो विराटनगर महानगरपालिका ।
जलाई प्रमुख दलसहित मधेस केन्द्रित दलले पनि आफ्नो प्रतिष्ठाको रुपमा लिए छन् ।
नेपाली कांग्रेससँग जोडिएको कोइराला परिवारको लिगेसीसँग बिराटनगरको प्रत्यक्ष साइनो भएको कारणले पनि बिराटनगरको चुनावलाई निकै महत्वका साथ हेरिएको हो ।
२००४ सालमा नेपाली कांग्रेसको स्थापना हुँदै गर्दा बिराटनगरले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । बिराटनगर जुटमिलका मजुदुरहरुलाई साथ लिएर कांग्रेसले राणा विरोधी अभियान चलाएको थियो । विपी कोइराला, गिरीजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै सशांक कोइरालासम्म आइपुग्दा नेपाली कांग्रेसमा विराटनगरको महत्वपूर्ण भूमिका छ ।
सुशील बाहेक अरु सबै कोइरालाहरुले विराटनगरकै जनताको साथमा कांग्रेसमा आफ्नो लिगेसी स्थापना गरेका हुन् । सुशील विपीकै आफन्त पर्ने भएपनि विराटनगरका कोइराला चाहिँ होइनन् ।
विराटनगरसँग आफ्नो पुरानो साइनो रहेकोले स्थानीय तहको निर्वाचनमा विराटनगरले आफूहरुलाई न्याय गर्ने कांग्रेसले सोचेको छ । सोही सोचका साथ यसपटकको स्थानीय निर्वाचनमा कांग्रेस अघि बढेको छ ।
कोइराला परिवारको एकलौटी प्रभावलाई तोड्दै सुदूरपश्चिमका शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति भएका छन् । कोइराला खानदानका कांग्रेस महामन्त्री सशांक महामन्त्री भएपनि उनीको भूमिका प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ । कांग्रेसीहरुले शेरबहादुरले एकलौटी तरिकाले कांग्रेस चलाएको अरोप लगाएका छन् ।
दोस्रो स्थानीय तहको चुनावमा बिराटनगरमा कांग्रेबिरुद्ध अरु दलहरुले चौथर्फि मोर्चाबन्दी गरेका छन् ।
बिराटनगरसँग जोडिएको कांग्रेसी साइनो भत्काउन उनीहरुले प्रयास गरेका छन् । तर कांग्रेस चाहिँ आफैले चुनाव जित्नेमा ढुक्क छ ।
विराटनगर महानगरपालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । माओवादी केन्द्र र संघीय समाजवादी पार्टीले विराटनगरमा चुनावी एकता गरेका छन् ।
नेकपा एमाले र फोरम लोकतान्त्रिकले पनि विराटनगरमा चुनावी एकता गरेका छन् । एमाले र माओवादीले दुई वटा मधेशवादी दललाई समातेपछि कांग्रेस घेराबन्दीमा परेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादीका उपेन्द्र यादवले एकै ठाउँमा उभिएर विराटनगरमा कांग्रेसको बर्चश्व भत्काउन खोजेका छन् । एमाले अध्यक्ष केपी ओली र फोरमका विजयकुमार गच्छदारले पनि एकै ठाउँमा उभिएर कांग्रेसका विरुद्धमा मोर्चाबन्दी गरेका छन् ।
ठूला नेता पनि विराटनगरमै केन्द्रित
दोस्रो चरणको स्थानीय निर्वाचनमा ठूला दलका नेता पनि विराटनगरमै केन्द्रीत भएका छन् । कांग्रेस सभापति देउवा चुनावी अभियानमा सुदूरपश्चिम तिर लागेका छन् । तर अरु दलका मुख्य नेता चाहिँ विराटनगरमा केन्द्रीत भएका छन् ।
मोर्चा बन्दी गरेका चार दलकै ठूला नेता शनिवार विराटनगरमा चुनावी सभालाई सम्बोधन गर्न जाँदैछन् ।
ओली र गच्छदारले शनिवार विराटनगरको गुद्रीमा दिउँसो तीन बजे चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
विराटनगरको हाटखोलामा शनिवार दिउँसो दुई बजे आयोजना गरिएको कार्यक्रममा चाहिँ प्रचण्ड र यादवले भाषण गर्ने कार्यक्रम रहेको एक जना माओवादी नेताले बताए ।
विराटनगरमा एमालेका विनोद ढकाल मेयरमा र लोकतान्त्रिकबाट सुची चौधरी उपमेयरमा उठेका छन् ।
त्यस्तै फोरमका उमेश यादव मेयरमा र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने उठेका छन् । कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उठाएको छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका