काठमाडौं, ४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी भएको बताएका छन् ।
आइतबार एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘ एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी हो, राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न सकिँदैन ।’
उनले तराई मधेसमा एमाले विरोधीहरु नभएको उल्लेख गर्दै थपे, ‘तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ ।’ अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य हुँदैन भने ।
आज पार्टी प्रवेश गरेकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै उनले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने जानकारी दिए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका