गोकर्णेश्वरको गाई फार्ममा आगलागी

असार ३, २०७४- काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको एक गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरेका छन् । गाई, बाच्छाबाच्छी गरेर अन्य ६८ वटा घाइते बनेका छन् । फार्ममा ७५ वटा दुहुनो गाई, २२ ब्याउने र बाच्छाबाच्छी गरी १ सय २२ थिए ।

शनिबार बिहान ११ बजेतिर अचानक ओम कृषि फार्ममा आगलागी भएको हो । नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो निभाइसकेको फार्म सञ्चालक बाबुराम कार्कीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त बौद्धले टोली घटनास्थलमा खटिइरहेको बताएको छ । वृत्तका अनुसार ठूलो आगलागीको घटना भएकोले क्षतिको विवरण आउन बाँकी छ । बिहान ११ बजेपछि लागेको आगो दुई घण्टाको अवधिमा निभाइएको छ । 

आगलागीबाट १२ टन दाना, डेढ सय गाईलाई ‌ओछ्याउने म्याट जलेका छन् । २ सय २० लम्बाई र ४० फिट चौडाई रहेको गोठ पूरै जलेको छ । फार्म सञ्चालक कार्कीले आगलागीबाट झन्डै चार करोडको क्षति भएको कान्तिपुरसँग बताए । उनी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका उपप्राध्यापक पनि हुन् । 

घाइते पशुको स्थानीय तीन पशु चिकित्सकले उपचार गरिरहेको आगलागीस्थलमा रहेका स्थानीय जनार्दन खड्काले जानकारी दिए । उनले घाइते गाई सबै मर्ने अवस्थामा रहेको बताए । आगलागीको कारण अझै पत्ता लागेको छैन । उक्त फार्मबाट दैनिक १ हजार लिटर दूध बिक्री हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष