गोकर्णेश्वरको गाई फार्ममा आगलागी

असार ३, २०७४- काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको एक गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरेका छन् । गाई, बाच्छाबाच्छी गरेर अन्य ६८ वटा घाइते बनेका छन् । फार्ममा ७५ वटा दुहुनो गाई, २२ ब्याउने र बाच्छाबाच्छी गरी १ सय २२ थिए ।

शनिबार बिहान ११ बजेतिर अचानक ओम कृषि फार्ममा आगलागी भएको हो । नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो निभाइसकेको फार्म सञ्चालक बाबुराम कार्कीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त बौद्धले टोली घटनास्थलमा खटिइरहेको बताएको छ । वृत्तका अनुसार ठूलो आगलागीको घटना भएकोले क्षतिको विवरण आउन बाँकी छ । बिहान ११ बजेपछि लागेको आगो दुई घण्टाको अवधिमा निभाइएको छ । 

आगलागीबाट १२ टन दाना, डेढ सय गाईलाई ‌ओछ्याउने म्याट जलेका छन् । २ सय २० लम्बाई र ४० फिट चौडाई रहेको गोठ पूरै जलेको छ । फार्म सञ्चालक कार्कीले आगलागीबाट झन्डै चार करोडको क्षति भएको कान्तिपुरसँग बताए । उनी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका उपप्राध्यापक पनि हुन् । 

घाइते पशुको स्थानीय तीन पशु चिकित्सकले उपचार गरिरहेको आगलागीस्थलमा रहेका स्थानीय जनार्दन खड्काले जानकारी दिए । उनले घाइते गाई सबै मर्ने अवस्थामा रहेको बताए । आगलागीको कारण अझै पत्ता लागेको छैन । उक्त फार्मबाट दैनिक १ हजार लिटर दूध बिक्री हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित