शिक्षित होईन सभ्य बनौँ

-सन्जिता पराजुली
हो हामी गर्ब गर्छौ शिक्षित भनि कोही यहाँ व्यपारी छौँ, कोही शिक्षकशिक्षिका, कोही सरकारी निकायमा काम गर्छौ भने कोही संघ संस्थामा सम्बन्धीत छौँ, र कोही गफाडीका रूपमा चिनिन्छौँ । चाहे जहाँ भए पनि जेमा काम गरे पनि जस्का लागी गरे पनि हामी शिक्षालाई महत्व दिन्छौँ । भनिन्छ “ शिक्षा मात्र एउटा त्यस्तो चिज हो जस्लाई केहीले पनि हराउन सक्दैन ।” हामीले शिक्षा त हाँसील गर्यौँ, तर के त्यो शिक्षा हाम्रो लागी उपयोगी भयो ? प्रश्न यहाँ छ ।
हामी कति शिक्षित कि, लुकेर होस् या खुल्लेआम घुस लिन पनि जानेका छौँ र दिन पनि, राम्रो सुविधाका नाम पारी मनपरी शुल्क लिने तथा दिने गर्छौ । चाहे हस्पिटल होस् या होस्टेल चाहे विद्यालय होस् या बैङ्क हामी सुविधा लिन तयार हुन्छौँ र शुल्क अझै बढाउन उत्प्रेरित गर्छौँ । हामी गर्व गर्छौ तर स्वदेशी भन्दा विदेशी कपडा एवं सामान प्रयोग गरी देशको अर्थतन्त्रलाई खुकुलो बनाउने शिक्षित हो हामी । विदेश गई सिप भन्दा पैसा कमाएर लगानी होईन ठुलो महल र जग्गामा लगानी गर्न उत्पेरित गर्न सिकाउने शिक्षित वर्गमा गनिन्छौँ हामी ।
छोरा छोरी समान हुन् भनी छोरी गर्भमा छ भने फालिने शिक्षित हौँ हामी । हामी यती सम्म शिक्षित छौँ कि जो आदर्श र अहिंसाका कुरा गर्छौ तर साथ र सम्मान दिन चाहान्नौ । समाज सेवाको नाम पारी व्यक्तिगत स्वार्थमा जुटेका शिक्षितमा गनिन्छौँ हामी । यस्ता शिक्षित छौँ कि हामी शिक्षा नै लिनको लागी पनि शिक्षाको मोल लगाउछौँ । शिक्षितलाई भन्दा अशिक्षितलाई प्रथमिकता राखी भोट दिने शिक्षित पनि हामी नै हो ।
बिस रूपैयाँको सामानलाई दुई सय रूपैयाँ तिर्न तयार हुन्छौँ । एनसेल या एनटीसी ले नियम विपरीत बृद्धि कर लिदा हासी हासी कर तिर्ने शिक्षित हो हामी । दाईजो लिने र दिने गैर कानुनी हो भन्ने जाने पनि आफ्नै बिवहामा लिन पनि तयार छौँ र दिन पनि । यति सम्म शिक्षित छौँ कि हामी ठग्न र ठगीन दुवै जानेका छौँ । फोहोर मलाई लेखेको पढ्न जानेका छौँ तर सडकमा चक्लेटको खोल होस् या बोटल फाल्न जानेका शिक्षित हो हामी ट्राफिकको नियम पालना गर्न नजानेका शिक्षित हो हामी ।
सोर्स फोर्स लगाई जागिर खाने शिक्षित हौँ हामी । बाबु आमाको सम्पक्तिमा रमाई गर्वले मैले कमाएको भन्न जानेका शिक्षित हौँ हामी ।
अन्त्यमा धैर्य गर्न नजानेका शिक्षित हौँ हामी राष्ट्रवादी कुरा गर्न जानेका तर राष्ट्रप्रेमी हुन नजानेका शिक्षित हौँ हामी । हो अन्पढ् शिक्षित भन्दा पनि सभ्य हुन सक्नु पर्छ । शिक्षा भन्दापनि सभ्यता सिक्ने कि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली