निर्वाचन आयोगले सरकारलाई भन्यो, ‘पटक पटक निर्वाचन सार्दा राम्रो हुन्न’

असार १, २०७४- निर्वाचन आयोगले पटक पटक निर्वाचन सार्दा राम्रो नहुने प्रस्ट पारेको छ । 

सत्तारुढ दलका शीर्ष नेताहरुसँग बिहीबार सिंहदरबारमा भएको छलफलमा आयोगका पदाधिकारीहरुले असार १४ गतेको निर्वाचनका लागि सम्पूर्ण तयारी अवस्थामा रहेकोले निर्वाचन सार्नु नहुनेमा जोड दिएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले छलफलमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको बताउँदै आयोगले निर्वाचन सार्न नहुने सल्लाह सरकारलाई दिएको कान्तिपुरलाई जानकारी दिए । यसअघि राजपालाई चुनावमा ल्याउन भन्दै सरकारले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो । त्यसपछि जेठ ३१ मा सारिएको चुनाव असार ९ हुँदै १४ पुर्‍याइएको छ ।    

सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन छलफल जारी राखिएकै बेला आयोग पदाधिकारीसँग छलफल गरेको हो । केही दिन निर्वाचन सारेर भएपनि राजपालाई चुनावमा सहभागी गराउन सकिन्छ कि भन्ने पक्षमा सत्तारुढ दलहरु छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्षले पछिल्लो समय लगातार राजपालाई चुनावमा ल्याउन गरेको प्रयास असफल हुँदै आएको छ । बिहीबार सिंहदरबारमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी र राजपाको संयुक्त बैठक बस्दैछ । बुधबार बेलुकीको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । 

राजपाले संविधान संशोधन नगरिएको, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या नबढाइएको भन्दै आन्दोलन जारी राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित