२ नम्बर प्रदेशको चुनाव सार्ने विषयमा राजपाभित्र विवाद

madhesi-party-united-9-rajapa_qfzaUOkfhUकाठमाडौं–  प्रदेश नम्बर दुईको चुनाव सार्ने विषयमा राजपा नेपालभित्र विवाद देखिएको छ  । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफूहरुको सहमति बिनै सरकारले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय गरेको दाबी गरे । 
उनले आफूहरुले सत्तारुढ दलसँगको बैठकमा माग पूरा नभएसम्म चुवान हुन नसक्ने धारणा राखेको तर सहमति बिनै २ नम्बरको मात्रै चुनाव सारिएको दाबी गरे । 
उनले यसविषयमा पार्टीको धारणा तय गर्न राजपाको बैठक दिउँसो तीन बजेको लागि बोलाइएको बताए । 
उनले बैठकले  सत्तारुढ दलको निर्णय मान्ने नमान्ने भन्नेमा तय हुने बताए । 
ठाकुरले राजपाको सहमति बिनै चुनाव सारिएको दाबी गरेपछि अर्का नेता शरद्सिंह भण्डारीले भने आज मध्यान्ह सम्पन्न भएको सिंहदरबार बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सरकारको निर्णय सकारात्मक भएको बताएका थिए ।  
राजपा स्रोतका अनुसार पार्टीभित्र सरकारको निर्णयसँगै चुनाव जाने या नजाने भन्नेमा विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०