June 15, 2017

सबै पदमा महिला उम्मेदवार उठाउने निर्णय

downloadकैलाली,  । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल कैलालीले टीकापुर नगरपालिका–७ मा सवै पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सात नं. वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउने निर्णय गरेको सात नं. प्रदेशकी संयोजक लीला भण्डारीले जानकारी दिनुभयो ।  संयोजक भण्डारीले महिला नेत्री प्रमुख बन्न सक्षम भए पनि पहिलो चरणको निर्वाचनमा महिला उपप्रमुखमै सीमित बनाइएकाले पुरुषवादी सोच र चिन्तन तोड्नका लागि उक्त वडामा महिलाहरुको मात्र उम्मेदवार घोषणा गरेको बताउनुभयो ।उक्त वडामा अध्यक्षमा कमला शाहको उम्मेदवारी घोषणा भएको छ भने सदस्यहरुमा कविता विक., बुना चौधरी, सविता चौधरी र सुस्मिता चौधरीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपाल कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न