२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुनर्निर्माणका क्रममा रहेको रानीपोखरीलाई परिस्कृत डिजाइनमा बनाउने भएको छ ।
पुनर्निर्माण सुरु भएको १८ महिना भइसक्यो तर, गति निकै सुस्त छ । रानीपोखरीको मध्य भागमा रहेका बालगोपालेश्वर मन्दिर पुर्निर्माणमा भएको विवादले पनि केही समस्या भयो । तर, अब ‘फाइनल डिजाइन’ तयार भएको छ ।
महानगरपालिकाले यसअघि पनि रानीपोखरीको डिजाइन तयार पारेको थियो । तर, विभिन्न पक्षको सुझावलाई समट्दै फाइनल कन्सेप्ट बनाइएको छ । महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख उत्तरकुमार रेग्मीको नेतृत्वमा डिजाइन फाइनल गरिएको हो ।
यसकै आधारमा रानीपोखरीको पुनर्निर्माण अघि बढ्ने महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए ।
नयाँ डिजाइन अनुसार रानीपोखरीमा शान्ति बाटिकासमेत समेटिनेछ । रानीपोखरीको ऐतिहासिकतालाई जोगाउँदै सुन्दर र हरियाली पार्कका रुपमा विकास गर्ने गरी निर्माण अघि बढ्ने रेग्मीले बताए ।

नयाँ डिजाइनअनुसार काम गर्न अब करिब १० करोड रुपैयाँ खर्च हुनेछ । अहिले ७ करोड रुपैयाँको ठेक्का लागेर काम भइरहेको छ । अबको एक वर्षभित्र रानीपोखरीलाई नयाँ डिजाइन अनुसार ब्यवस्थित गरिसक्ने रेग्मीले बताए ।
रानीपोखरीमा रंगीन ‘म्युजिकल वाटर फाउन्टेन’ तयार गरिनेछ । रानीपोखरी पार्कमा परिणत भएपछि साँझमा समय बिताउने पार्कको अभाव हट्ने महानगरको विश्वास छ । साथै रानीपोखरी वरिपरि बगैंचा र त्यसलाई घेरेर फुटपाथ बनाइनेछ ।

शान्ति बाटिकामा एउटा छेउमा रेष्टुरेन्टसहितको कफी सप हुनेछ । त्यसमा साना सेमिनारहरु गर्न मिल्ने स्थानको विकास गरिनेछ । पार्कमा बसेर साना कार्यक्रम गर्न सकिने गरी दुई वटा स्थान तयार गरिने रेग्मीले बताए ।
शान्ति बाटिकाभित्र साना बालबच्चा खेल्न मिल्ने प्लेग्राउण्ड पनि राखिनेछ । मन्दिरको बिपरित दिशामा सानो वाटर फाउन्टेन राखिनेछ । योसँगै पार्कमा आकर्षक लाइटहरु राखिने छ । चौबीसै घण्टा लाइनको व्यवस्था हुनेछ ।

रानीपोखरीलाई पार्कमा परिणत गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन । पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरीको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ ।
उनले राजधानी आएपछि घुम्नैपर्ने स्थलका रुपमा रानीपोखरीलाई परिणत गर्ने रेग्मीले बताए । ‘यसको पुनर्निर्माणबारे बारम्बार चासो ब्यक्त भइरहेको छ’ रेग्मीले भने, ‘अब रानीपोखरी कस्तो बन्छ भन्ने कुरा निश्चित भयो । काम अब तीब्र गतिमा हुन्छ ।’


अन्लाइन खबरबाट
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष