काभ्रे, जेठ २७– महिला म्यादी प्रहरीले प्रहरीबाटै आफूहरुमाथि यौन हिंसा भएको आरोप लगाएका छन् ।
यस संवाददाताको सम्पर्कमा आएका पीडित म्यादी प्रहरीले कानूनको पालना गराउने निकायबाटै यौन हिंसा गरिएको भन्दै आक्रोश पोखे ।
बनेपामा ब्याचलर पढ्दै गरेकी मिना लामा (नाम परिर्वतन) पढार्ई खर्च जुटाउनकै लागि म्यादी प्रहरीमा भर्ना भइन् । भर्ना भएसँगै उनी प्रहरीका केही उच्च पदस्थ कर्मचारीको यौन हिंसाको शिकार भइन् । प्रहरीबाटै यौन हिंसा होला भन्ने कहिलै नसोचेकी लामाले अहिले आफूले व्यर्थै जागिर खाएछु भनि पश्चाताप भइरहेको बताइन् ।
स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गरेको थियो । आकर्षक तलब पाउने आशामा भर्ना भएका महिला म्यादी प्रहरी प्रहरीबाटै दुरव्यवहार खोप्नु पर्छ भन्ने कहिलै नसोचेको बताउँछन् । तर अहिले ठिक उल्टो भएको पिडितहरुले बताए ।
बनेपामा डेरा गरी ब्याचलर पढदै गरेकी २४ वर्षीय (रिना थापा) नाम परिर्वतन पनि ड्युटीकै समयमा आफ्नै हाकिमबाट यौन दुरव्यवहारमा परिन् । सुरु सुरुमा त उनले यसलाई सामान्य रुपमै लिइन् तर एक दिन राती सुतिरहेको समयमा हाकिमले बलात्कार गर्ने प्रयास नै गरेपछि भने उनलाई आफ्नो अस्मिता रक्षा गर्नै धौधौ पर्यो । ‘राति बल्ल बल्ल फुत्किएँ अब जागिर जान्नँ’ उनले पिडा सुनाइन् ।
‘पढाई खर्च होला भनेर जागिर खाएँ तर त्यहाँ त इज्जत नै बाँकी नरहने भो त्यसैले जागिर छोड्छु’ उनले थपिन् ।
काभ्रेमा पछिल्लो समय म्यादी प्रहरी माथि भएका यौन हिंसाका घटनाहरु विस्तारै बाहिर आउन थालेका छन् । कतिपय घटनाहरु भने भित्र भित्रै मिलाएर साम्य पारिएको स्रोत बताउँछ । कतिपय घटनामा आर्थिक प्रलोभन देखाएर मिलाउने गरिएको छ भने कतिपय घटनालाई धम्काएरै बाहिर आउन दिइएको छैन ।
यस विषयमा जिल्ला प्रहरी कार्यलका डिएसपी नविन राईसँग बुझ्दा आफूकहाँ अहिलेसम्म कुनै उजुरी नपरेको बताए ।
सामान्य मानिसहरुले त प्रहरीकोमा उजुरी गर्नु पर्छ भने अझ प्रहरीमै जागिर खाएर पिडित हुनु भनेको लज्जास्पद हो भन्दै उनले उजुरी परे तत्काल कार्वाही गर्ने बताए ।
काभ्रेमा साढे ३ सय ५० महिला म्यादी प्रहरी छन् । जसमध्ये १ सय जनाले जागिर छोडिसकेका छन् ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने