जेठ २३, काठमाडौं – बारम्बार अनेकौं विवादमा परिरहने अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृश्य देखिन्छ । आजको कान्तिपुरमा यो खबर छ ।
पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन्, हाजिर गर्दैनन्, सक्रिय भएर काम पनि गर्दैनन् तर, नियमित कर्मचारीझैं उपस्थिति देखाइरहन्छन् ।
गृह मन्त्रालयले काजमा अध्यागमन खटाएका यी पाँचै उपसचिवलाई निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन अधिकृत बनाएको छ ।
तर कार्यस्थल नगई यी पाँचै जना नियमित विमानस्थलको अध्यागमन धाइरहेका छन् । त्यो पनि बिना कुनै जिम्मेवारी ।
६ उपसचिवको दरबन्दी रहेको विमानस्थल अध्यागमनमा अहिले नै आवश्यकताभन्दा धेरै सात उपसचिव खटिएका छन् । यी पाँचसमेत गर्दा १२ जना उपसचिवको भीड छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का