सल्यान, २२ जेठ । गत वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका स्थानीय नेता कारबाहीमा परेका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म रहेका छन् । नेपाली काँग्रेसले छत्रेश्वरी गाउपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई नेपाली काँग्रेसको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।
यस्तै, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा, खड्क केसी, शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र सावित्रा राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
काँग्रेसले पार्टीलाई असहयोग गरेको भन्दै पाँचजना नेतालाई १५ दिने स्पष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरण सोधिनेमा पूर्व जिल्ला कार्यसमिति सदस्य, ध्रुव श्रेष्ठ र शारदा नगरपालिकाका नगर सभापति सचेत शाह रहेका छन् ।
यस्तै, काँग्रेसले महाधिवेशन प्रतिनिधि श्यामनारायण रेग्मी, टीकाराम केसी र धु्रव श्रेष्ठलाई पनि १५ दिने स्पष्टीकरण सोध्ने तथा चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने जनाइएको छ ।
यसअघि नेकपा (एमाले)ले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो । रासस
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का