थाहापाउनुहोस् गर्मीमा आरु खानुका ५ फाइदा

Peach

२१ जेठ – गर्मी मोसममा आरु केही फाइदाजनक फल साबिन हुनसक्छ । हल्का गुलियो हुनु यसको बिशेषता हो, यसबाहेक यसमा रहेको इन्जाइम, भिटामिन र फाइबर पाइन्छन् । जान्नुहोस्, आरुले स्वास्थ्यलाई गर्ने फाइदाहरु :

आँखाका लागि – आरुको बोक्रामा पनि केही मात्रामा भिटामिन र मिनरल्स पाइन्छन् । यसले आँखालाई स्वास्थ्य र दृ्श्य शक्ति बढाउँनका मद्दत गर्छ । आरुमा बीटा क्यारटीन नामक तत्व पाइन्छ, जसले शरीरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यक हुन्छ । भिटामिन ‘ए’ले आँखामा रेटिनालाई स्वस्थ्य राख्नमा धेरै मद्दत गर्छ ।

तौल नियन्त्रण गर्छ – यसले तौल कम गर्न पनि मद्दत गर्छ । आरुमा रहेको ८० प्रतिशत पानी र फाइबर भरपूर मात्रामा पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा रहेको फाइबरको मात्रा पेट र कलेजोबाट टोक्सिनलाई हटाउँनेमा मद्दत गर्छ ।

एन्टी–ओक्सीडेन्ट्सले भरिएको – आरुमा आवश्यक ऐन्टीओक्सिडेन्ट्स हुन्छ, जसले वृद्धावस्थाको प्रक्रियासँग लड्न सक्षम रहन्छ । यसमा भिटामिन–सी बढी मात्रामा पाइन्छ, जसले एन्टिओक्सिडेन्टले जस्तै काम गर्छ । यसले रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

मृगौलाका लागि लाभदायी – यसमा पाइने पोटासियमले मृगौलीका लागि फाइदाजक हुन्छ । यसले तपाईको पिसाब थैलीका लागि एक क्लिंजिंग एजेन्टको रुपमा काम गर्छ, जसले गर्दा मृगौलासँग जोडिएका बिरामी टाढा भाग्छन् ।

हड्डि बलियो – आरुमा पाइने क्याल्सियम र फस्फोरसले हड्डिलाई बलियो बनाउँनका साथै दाँतलाई पनि बलियो बनाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि