विषाक्त खानाले आमाछोराको मृत्यु

food-poisoning (1)

बेनी (म्याग्दी), २० जेठ । मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ ।

शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयवासीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि चारै जनालाई बेनी अस्पताल ल्याइएको थियो ।

बेनी अस्पतालमा उपचारका क्रममा रघुगङ्गा–८ पात्लेखर्ककी २० वर्षीया चिना गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । चिनाका श्रीमान् प्रेम गुरुङ (पबहादुर), १४ महिनाका छोरा र आमा झपीकला प्रज्ञाको अवस्था गम्भीर भएपछि बेनी अस्पतालले थप उपचारका लागि पोखरा सिफारिस गरेको थियो । गुरुङको १४ महिनाको छोराको शुक्रबार राति उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको प्रनि घिमिरेले जानकारी दिए ।

‘दुई जना सासू–ज्वाइँको अवस्था गम्भीर छ, दुवै जनाको उपचार जारी छ,’ प्रनि घिमिरेले भने । दुई वर्षअघि विवाह गरेका उनीहरु केही दिनअघि ससुराली आएका थिए । प्रहरीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

असोज ८ र ९ मा यसरी हुँदैछ एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौँ, असोज ५ गते ।  नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र