६ दिनसम्म श्रीमतीको लाससँगै सुते यी पुरुष

आफ्नो मान्छेको प्रेममा पागल हुनेहरुका कथाहरु धेरै देख्नु तथा सुन्नुभएकै होला । तर बेलायतको यो कथा भने अलिक फरक छ ।

समाचार अनुसार रसेल डेभिसनकी ५० वर्षीया श्रीमती वेन्डी डेभिसनको गत २१ अप्रिलमा मृत्यु भयो । पछिल्लो १० वर्षदेखि पाठेघरको क्यान्सरसँग जुधिरहेकी जिवनसंगिनी वेन्डीको निधनपछि उनका पति रसेल दुखी नहुने कुरै भएन ।

पत्नी प्रति उनको प्रेम यतिधेरै थियो की वेन्डी मरिसकेपछि पनि उनले पत्नीको शवको अन्तिम संस्कारको क्रिया गर्न मानेनन् । उनले पत्नीको शवलाई शवदाह गृहमा लैजान पनि इन्कार गरे । उनले पत्नीको शवलाई सबैभन्दा पहिले आफ्नो बेडरुममा लगेर राखे ।

त्यसपछि उनी सोही बेडरुममा पत्नीको शवसँगै बस्न थाले, त्यहीँ सुत्न थाले । पूरै ६ दिनसम्म उनी पत्नीको शवसँगै बसे । श्रीमतीको शवसँगै ६ दिन बस्दा आफुलाई धेरै आत्मशान्ति मिलेको उनी बताउँछन् ।

पत्नीको शवसँगै उनी बसिरहँदा धेरै आफन्तहरु उनलाई भेट्न आए । उनको हालत देखेर आगन्तुकहरु भक्कानिएर रुन्थे ।

उनले पत्नीलाई यति धेरै माया गर्दथे की उनी आफ्नी पत्नीको शवलाई डाक्टरको हातमा सुम्पिन चाहन्नथे ता की तत्कालै शवलाई शवदाह गृहमा लगेर अन्त्येष्टि गरियोस् । घरमै प्राण त्याग्ने वेन्डीको पनि इच्छा थियो र जिवनको अन्तिम समयमा उनी अस्पताल भर्ना हुन चाहिनन् ।

मानिस एकदिन मर्नैपर्छ । तर मृत्युको कुरा गर्न सबै डराउँछन् र मानिस मरिसकेपछि जतिसक्दो चाँडो शवलाई अन्त्येष्टिका लागि कुदाउँछन् ।

तर आफुले मृत्युलाई नजिकबाट अनुभुति गर्ने र मृत्युपछिको पलमा पनि पत्नीको राम्रो हेरचाह गर्ने अभिलाषा बोकेको हुँदा आफुले कुनै शवदाह गृहमा लगेर पत्नीको लासलाई तत्कालै नबुझाएको उनी बताउँछन् ।

६ दिन घरमा राखिसकेपछि मात्र उनले पत्नीको शवलाई अन्त्येष्टि गर्न आफै लगे । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत