चुनावका दिन पर्यटन बोर्डले बस सेवा दिने


२९ बैशाख काठमाडौं । बैशाख ३१ गते चुनावका दिन पर्यटकलाई सेवा दिनको लागि नेपाल टुरिजम बोर्डले उपत्यकामा बस सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल टुरिजम बोर्डका प्रवक्ता शरद प्रधानका अनुसार पर्यटकलाई आवागमनमा बाधा नपुगोस् भनेर टुरीजम बोर्डले बस सञ्चालन गर्न लागेको हो । सार्वजनिक यातायातका सवारी साधनलाई भाडामा लिएर उक्त दिन बस सञ्चालन गर्न लागिएको प्रधान बताउँछन् ।

उनकाअनुसार बोर्डले चुनावको दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौं र ललितपुरका विभिन्न होटलसम्म पुर्‍याइदिने तथा ल्याइदिने व्यवस्था गर्न लागेको छ ।

प्रवक्ता प्रधान भन्छन् ‘ पर्यटकको आवागमनमा बाधा नपुगोस् भनेर चुनावको दिन हामी बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म बस चलाउने छौ ।’

बोर्डले यो सेवा पर्यटन प्रहरीसँग सहकार्य गरेर गर्न लागेको छ । यो सेवा लिनको लागि सिधै ११४४ मा फोन गरि बस सञ्चालनको जानकारी समेत लिन सक्ने जनाएको छ ।

बोर्डले चुनावको दिनमा तीन रुटमा बस सञ्चालन गर्न लागेको छ । रुट एक अन्र्तगत एयरपोर्टदेखि एनएससी­- न्युरोड-­ होटल­ अन्नपूर्ण-होटल याक एण्ड यति-­ठमेल चोक ­लैनचोर ­चौक-­होटल शंकर हुँदै एयरपोर्टसम्म बस सञ्चालन हुनेछ ।

त्यस्तै रुट दुई अन्र्तगत भने एयरपोर्टबाट होटल सांग्रिला­- नारायण गोपाल चोक­- महाराजगञ्ज चोक-­हृयात रिजेन्सी-चावाहिल चोक-­होटल द्वारिका हुँदै पुन एयरपोर्टसम्म पुग्ने टुरिजम बोर्डले जनाएको छ ।

त्यस्तै रुट तीन अन्र्तगत भने एयरपोर्टदेखि तीनकुने- होटल एभरेष्ट- माइतीघर होटल-हिमालय सेन्ट जेभियर्स- स्कुल होटल- सोल्टी ग्राण्ड होटल हुँदै एयरपोर्टसम्म बस सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण