नुवाकोट, २८ वैशाख । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डङ्गोल र ६५ वर्षका रामबहादुर खतिवडा रहेका छन् । उनीहरुले २०७२ सालदेखि बालिकालाई यौन शोषण र यौन दुव्र्यवहार गर्दै आएको भनी पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत, नुवाकोटमा जबर्जस्ती करणी अभियोगमा आज मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुई वृद्धले बालिकालाई पैसा र खानेकुरा दिएर यौन दुव्र्यवहार गर्दै आएको र उक्त कुरा कसैलाई भनेमा ज्यान लिने धम्की दिएकाले लामो समयदेखि हुँदै आएको घटनाको तथ्य बाहिर आउन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पीडित बालिका मानसिक रुपमासमेत कमजोर बन्दै गएको अभिभावकले बताएका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित