काठमाडौं २६ वैशाख । प्रधानन्यायाधीश सुशिला कार्कीले न्यायपालिकाको मुल्यमान्यता सबैले मान्नुपर्ने बताएकी छन् ।
‘संवैधानिक सर्वोच्चता, कानुनी शासन र स्वतन्त्र न्यायपालिकाको मुल्यमान्यतामा सवैको ध्यान जार्नैपर्छ ’, मंगलबार कानुन दिवसको अवसर पारी उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘नागरिकको संवैधानिक अधिकारका लागि न्यायपालिकाको मान्यतामा आँच आउन दिनु हुँदैन ।’
महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि पहिलो पल्ट सार्वजनिक सन्देश जारी गरेकी उनको वक्तव्यमा भनिएको छ, ‘कानुनी हक अधिकारको सच्चा पहरेदारका रुपमा रहेको स्वतन्त्रता न्यायपालिकाको आधारस्तम्भ हो ।’ वक्तव्यमार्फत कार्कीले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यापालिकाको मूल्य मान्यता जर्गेना गर्ने दिशामा सम्बन्धित सबैको यथोचित प्रयास हुनुपर्ने अपेक्षा गरेकी छन् । कानुनको शासन एवं स्वतन्त्र न्यायपालिका स्थापनाका लागि जारी भएको प्रधानन्यायलय ऐन, २००८ लागू भएको दिनको सम्झनास्वरुप मनाउने यो दिवसले कानुनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवम् राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने विश्वास उनको वक्तव्यमा उल्लिखित छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का