May 5, 2017

छोराले अन्तरजातीय बिहे गर्दा बाबु थुनामा

 वीरगन्ज,  बैशाख   २२- छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ। पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दमा आठ दिन थुनेको हो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउँकै अलियास देवानकी छोरी २१ वर्षीया सौयादासँग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ।
प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए। बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आफ्नी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको हो।
पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले केटी पक्षले रामबाबु र उनका बुबाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको र खोजतलासका क्रममा रामबाबु फरार रहेकाले उनका बुबा जमुनालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि