कांग्रेसले ३५ जिल्लामा खटायो चुनावका कमाण्डर

 

nepali-congress-768x474

२१ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन सफल पार्न भन्दै नेपाली कांग्रेसले ३४ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टीका आधिकारिक उम्मेदवारहरुलाई जिताउन निर्देशनसहित प्रतिनिधिहरु खटाइएको हो ।

पार्टीका वरिष्ठ नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको बैठकले ३४ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको नेतृ डिला संग्रौलाले जानकारी दिइन् ।

तराई मधेसबाट प्रतिनिधित्व गरेका नेता महेन्द्र यादवलाई डोल्पा र पार्वता डि.सी. चौधरीलाई भने हुम्ला जिल्लाको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका कांग्रेस नेताहरुको नामावली र जिल्ला यसप्रकार छन्-

१. उमाकान्त चौधरी- दोलखा
२. डा. नारायण खड्का- रामेछाप
३. रामकृष्ण यादव- सिन्धुली
४. बलबहादुर के.सी.- काभ्रे
५. आनन्द ढुंगाना- भक्तपुर
६. महेश आचार्य- लक्ष्मी परियार- काठमाण्डौ
७. फरमुल्लाह मंसुर- ललितपुर
८. गुरुराज घिमिरे- धादिङ
९. कल्याण कुमार गुरुङ- चितवन
१०. कृष्ण प्रसाद सिटौला- सिन्धुपाल्चोक
११. चित्रलेखा यादव- नुवाकोट
१२. रमेश रिजाल- मकवानपुर
१३. मानबहादुर विश्वकर्मा- रसुवा
१४. पुष्पा भुषाल- गोरखा
१५. भीष्मराज आङदम्वे- लमजुङ
१६. डा. मिनेन्द्र रिजाल- तनहुं
१७. डा. शेखर कोईराला- कास्की
१८. डा. डिला संग्रौला- स्याङजा
१९. सरिता प्रसाईं- पर्वत
२०. ज्ञानेन्द्र बहादुर कार्की- वाग्लुङ
२१. किरण यादव- म्याग्दी
२२. सुजाता परियार- नवलपुर
२३. दिलेन्द्रप्रसाद बडु- सुर्खेत
२४. विश्वप्रकाश शर्मा- दैलेख
२५. एन.पी. साउद- जाजरकोट
२६. अजयकुमार चौरासिया- कालिकोट
२७. बद्री पाण्डे- मुगु
२८. बीरबहादुर बलायर- जुम्ला
२९ महेन्द्र यादव- डोल्पा
३०. पार्वता डि.सी. चौधरी- हुम्ला
३१. चन्द्र भण्डारी- रुकुम
३२. किशोर सिंह राठौर- सल्यान
३३. मीन विश्वकर्मा- मुस्ताङ
३४. सिता गुरुङ- मनाङ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न