नयाँ शक्तिको चुनावी प्रतिवद्धता : २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने

काठमाडौ, बैशाख १८ –नयाँ शक्ति पार्टी, नेपालले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नयाँ शक्तिले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आर्थिक बृद्धिलाई सवैभन्दा बढि जोड दिएको छ ।
उसले सार्वजनिक गरेको प्रतिवद्धता प्रत्रमा ५ वर्ष देखि २५ वर्षसम्मका योजना तयार गरेको छ ।BIJE8676-001-768x512

नयाँ शक्तिले २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने परिकल्पना गरेको छ ।

त्यस्तै ५ वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने प्रतिबद्धता पनि जनाएको छ ।

बार्षिक तीन लाख रोजगारी रोजगारी सिर्जना गरी रोजगारीमा जानेको संख्या प्रतिदिन ५०० मा झार्ने, १५ बर्ष मुनि र ६५ बर्षमा माथिकालाई निशुल्क स्वास्थ्य सेवा प्रबाह गर्ने, विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पु¥याउने र उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पु¥याउने सुचाङक सार्वजनिक गरेको छ । नयाँ शक्तिले प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत पुर्याउन ५ बर्षमा ४ हजार मेगावाट विद्युत उत्पादन गरिने तथा साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पु¥याउन सकिने व्यवस्था गरिने जनाएको छ ।

एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पु¥याउने उसको योजना छ । दुईवटा उत्तर–दक्षिण आर्थिक करिडर सञ्चालनमा ल्याउने योजना बनाएको नयाा शक्तिले पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १/१ वटा रङ्गशाला बनाउने योजना सार्वजनिक गरेको छ ।

५१ पृष्ठ लामो घोषणा पत्रमा ‘अवको निकाश, आर्थिक विकास–समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुख्य नारा तय गरिएको छ । ५ देखि २५ बर्षभित्र गर्न आर्थिक विकासका लागि गर्न सकिने कामदेखि स्थानीय सरकार कसरी चलाउने भन्नेसम्मका विषय प्रतिबद्धता पत्रमा समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण