May 31, 2017

पाटी प्रवेशलामा राजनैतिक दलहरुकाे होडवाजी

जेठ १७, इटहरी । स्थानीय तह अन्र्तगतको दोस्रो चरणमा हुने निर्वाचनलाई लक्षित गरी राजनैतिक दलहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पाटी प्रवेशलाई प्राथमिकता दिन थालेका छन । निर्वाचनको समयमा मतदाताहरुलाई आफनो पक्षमा पार्न राजनैतिक दलहरुले होडवाजीकै रुपमै पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्दै आएका छन । केही समय यता देखि राजनैतिक दलहरुले आयोजना गर्ने गरेका कार्यक्रमहरुको मुख्य पाटो नै पाटी प्रवेश हुने गरेको छ ।

नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सुनसरीमा राजनैतिक दलहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पाटी प्रवेशलाई मुख्य कार्यक्रम नै वनाउन थालेका छन । यसै क्रम माओवादी केन्द्रले सुनसरीको इटहरी स्थीत पकलीमा पाटी प्रवेउ तथा प्रतिवद्धता पत्र घोषणा सभा कार्यक्रमको आयोजना गरेको छ । पाटी प्रवेश कार्यक्रममा मधेश केन्द्रीत राजपा र संधिय समाजवादी फोरमका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । मादोवादी केन्द्रमा प्रवेश गर्नेहरुमा राजपा सुनसरीका अध्यक्ष मण्डलका उमेश साह , संघिय समाजवादी फोरमका विष्णुबहादुर लिम्वु लगायतका एक जना माओवादी केन्द्रमा प्रवेश गरेको आयोजकले जानकारी दियो । माओवादीमा प्रवेश गर्ने राजपाका नेता उमेश साहले मधेशवादी दलहरु जायितवाद भन्दा माथि उठ्न नसकेकाले पाटी परित्याग गरेको बताए । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई केन्दका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री गोपाल किराँतीले टिका लगाएर पाटीमा स्वागत गरेका थिए ।

एकराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथीहरु समर काफ्ले, हिमाल सुवेदी , सागर सुवेदी लगायतका नेताहरुले पनि पाटी प्रवेष कार्यक्रममा सम्वोधन गर्दै नेपाललाई समृद्ध बनाउनका लागि अझै पनि नेकपा माओवादीले उठाएका अभियानलाई मजबुत तुल्याउन अघि बढ्नु पर्ने कुरामाजोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने