१५ तस्विरमा हेर्नुहोस् गणतन्त्र दिवसका झलक

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस–२०७४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।


यसैबीच, गणतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाए ।

सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थिए ।

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो ।

सो अवसरमा राष्ट्रिय गानको धुन बजाउनुका साथै मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्मान र सम्झनामा मौनधारण गरिएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्चपास साथै राष्ट्रियभाव जगाउने गीत–सङ्गीत र नृत्य प्रस्तुत गरियो ।

महानगरीय ट्राफिक महाशाखा, नेपाल प्रहरीको कमाण्डो, सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण फौज, नेपाल स्काउटका तर्फबाट विभिन्न कलाकौशल प्रस्तुत गरियो ।

काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुरठिमी नगरपालिका र कीर्तिपुर नगरपालिका मध्यपुर नगरपालिकाको तर्फबाट आ–आफनो नगरको वेशभूषा, रहनसहन झल्कने सांस्कृतिक पहिचानसहितको गणतन्त्रसम्बन्धी झाँकी र नृत्य प्रस्तुत गरियो ।

समारोहमा प्रस्तुत गरिएको बेहुली ओलिनकाठमा बोकेको बेहुला र जन्तीसहितको पञ्चै बाजासहितको नृत्यलाई धेरैले निकै अभिरुचिपूर्वक हेरेर मनोरञ्जन लिएका थिए ।

विद्यालयका स–साना बालबालिकाले प्रस्तुत गरेको जुडो, तेक्वान्दो र कृषि मन्त्रालय मातहतका निकायले प्रस्तुत गरेको उत्पादनसम्बन्धी विविध प्रस्तुतिलाई पनि सबैले ध्यानपूर्वक नजर गरेको देखिन्थ्यो ।

गणतन्त्र दिवसलाई लक्षित गरेर सुरक्षा फौजका तर्फबाट समारोहमा राष्ट्रिय झन्डा, राष्ट्रिय फूल लालीगुराँस र सबै जाति, भाषा र संस्कृति झल्कने दियोको आकृति प्रस्तुत गरिएको थियो ।

समारोहमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रसँग आबद्ध तह र तप्काका महानुभावको उपस्थिति थियो ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र