पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी : यसरी गाँसिएको थियो साइनो

bidhya-devi-bhandariजेठ १४, काठमाडौं । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन्। चुनावका बेला पनि यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाएकी भने होइनन् ।

 एमालेले पार्टीभित्रै गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस भएकी थिइन् । राष्ट्रपतिसँग मञ्जुले उनकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म गरेकी छैनन् । आफूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आ–आफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउँछिन् । कसरी गाँसिएको थियो त उनीहरुको सैनी साइनो ?

 

कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् । पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे । नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो।

‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भने, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखें।’ सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा जीवनकै ठूलो खुसी मिलेको उनले सुनाए। संयोग कस्तो पनि परेको छ भने उनी यसअघि पोखरा उपमहानगरपालिकाको उपमेयर थिए । छोरी मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी भएकी छिन् ।

भोजपुरमा जन्मिएकी विद्यालाई गण्डक प्रदेशतिर छोरी मान्छेबीच गाँसिने सैनी सम्बन्धका बारेमा ऊ बेला थाहा नभएको पनि मानबहादुरले सुनाए । छोरा मान्छेहरुबीच मित लगाएजस्तो यता महिलाबीच सैनी लगाइन्छ। दुई कन्या राखेर, पूmलपाती, चामल, अक्षता र पैसा राखेर, अनि एक अर्काको जुठो खाएर विधिपूर्वकै सैनी लगाएको मञ्जुले बताइन् ।

साइनो गाँसिएपछि विद्या पोखरा आउँदा मञ्जुकहाँ बस्थिन् भने मञ्जु काठमाडौं जाँदा विद्याकहाँ। ‘राष्ट्रपति भएपछि उहाँकी छोरीको बिहेमा जाँदा भेटेयता कुराकानी र भेट भएको छैन’, मञ्जुले भनिन् । उनका अनुसार भेटघाटका बेला दुवैबीच पारिवारिक गफगाफ भइरहन्थ्यो। मञ्जु ३१ वर्षमै एकल भएकी थिइन् ।

उनका पति मेखबहादुर गुरुङको २०४९ सालमा नुवाकोटमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो। राजनीतिमा संलग्नता भने उनी अविवाहित हुँदादेखि नै थियो। आफ्ना मामाको प्रेरणाले कम्युनिस्टप्रति आकर्षित भएकी थिइन् । उपमेयर भइसकेपछि न्यायिक जिम्मेवार सम्हाल्नुपर्ने मञ्जुलाई थाहा छ। त्यसैले उनले प्रतिबद्धता गरिसकेकी छिन्,‘पोखरालाई महिलाहिंसामुक्त महानगर बनाउन लाग्छु, विभेदमुक्त महानगर बनाउन लाग्छु।’अाजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि