
हैदरावाद, चैत ८ – आइपिएलको १० औँ सिजनको फाइनलमा पुणे सुपरजायन्टसलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।
यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले आइपिएलको उपाधि जितेको थियो ।
अन्तिम ओभरमा १३ रनको आवश्यकता रहेकोमा मिचेल जोनसनले लगातार दुई बलमा मनोज तिवारी र कप्तान स्टिभ स्मिथलाई आउट गर्दै मुम्बईको जीत सुनिश्चित गरे ।
अन्तिम बलमा तीन रन आवश्यक रहेकोमा ड्यानिल क्रिस्टियन २ रन बनाउँदै रन आउट हुन पुगे ।
यसअघि यो सिजन तीनवटा खेलमा पुणेसँग पराजित भएको मुम्बईले पहिलो पटक पुणेलाई हराएको हो ।
कप्तान स्मिथले ५१ रन बनाए भने ओपनर अजिंका रहाणेले ४४ रनको योगदान दिए पनि मुम्बईले प्रस्तुत गरेको मध्यम स्कोर पछ्याउन सकेन ।
मिचेल जोनसनले ३ तथा महेन्द्र सिंह धोनीको महत्वपूर्ण विकेटसँगै जस्प्रित बुमराहले २ विकेट लिएपछि पुणे पहिलो उपाधि जित्नबाट बञ्चित रह्यो ।
यसअघि पुणेको कसिलो बलिङ सामु मुम्बईले ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
मुम्बईका लागि क्रुनाल पाण्डेयले सर्वाधिक ४७ रनको योगदान दिए ।
पुणेका लागि जयदेव उनडकाट, एडम जाम्पा र ड्यानिल क्रिस्टियनले २–२ विकेट लिए ।
यस सिजन हैदराबादका डेभिड वार्नरले सर्वाधिक ६४१ रन बनाए भने हैदराबादकै भुवनेश्वर कुमारले सर्वाधिक २६ विकेट लिन सफल रहे ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या