प्रचण्डले भोलि देलान् पदबाट राजीनामा ?

काठमाडौ, जेठ ७ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेससँगको पूर्व सहमतिअनुसार भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री निकट श्रोतका प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने संसद बैठकमा सम्बोधन गरेर पदबाट राजिनामा मनस्थिति बनाएका हुन् । राजीनामाका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भइरहेको र देउवाले केहि दिन पर्खिन आग्रह गरेको खण्डमा भने उनको राजीनामा केहि पर सर्नेछ । संसद बैठक सोमबारका लागि बोलाइएको छ ।
गत बर्ष साउन १९ गते दोस्रो पटक प्रधानमन्त्रीका रुपमा निर्वाचित दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच स्थानीय तहको निर्वाचनपछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो ।
त्यहि सहमति अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको र अर्को चरणका लागि जेठ ३१ का लागि समेत मिति तोकिसकिएकाले सहमतिको कार्यान्वयन गर्दै प्रचण्डले राजिनामा दिन दिने तयारीमा जुटेका हुन् ।
पछिल्लो पटक झन्डै साढे नौ महिना सरकार चलाएका प्रचण्ड कार्यकालमा २० बर्षपछि स्थानीय तहको निर्वाचन गर्नसक्नु नै सबैभन्दा ठुलो उपलव्धिका रुपमा हेरिएको छ ।
त्यस्तै प्रचण्ड कार्यकालमै मुलुककै प्रतिष्ठाको विषय बनेको काठमाडौ तराई फास्टट्रयाक नेपाल आफैले बनाउने योजना अनुसार नेपाली सेनालाई जिम्मा दिइसकेको छ ।
प्रचण्ड नेतृत्वको सरकारका पालामा धेरै सकारात्मक काम भएपनि केही काम र निर्णय भने विवादरहित बन्न सकेनन् । आइजीपी नियुक्ति, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव दर्ता, प्रतिपक्षीको सहमतिविनै संविधान संशोधनको प्रयास लगायतका विषय भने प्रचण्ड कार्यकालका लागि आलोचनाका विषय बन्न पुगे ।
यद्यपी मधेस केन्द्रीत दलहरुको दवाव र प्रतिपक्ष एमालेको असहयोगकाबीच प्रधानमन्त्री दहालको साढे नौ महिने कार्यकालमा अन्य धेरै सकारात्मक कामहरु नभएका भने होइनन् । मुलुकबाट लोडसेडिङको अन्त्य गर्नु प्रचण्ड नेतृत्व सरकारको अर्को महत्वपुर्ण उपलव्धिका रुपमा रहेको छ ।
प्रचण्डले आफ्नो कार्यकालमा भएगरेका यिनै कार्यप्रगति संसदमा जानकारी गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि