काठमाडौं, जेठ ४–समूह विभाजन गरी ११ स्थानबाट गणना सुरु भएको काठमाडौ महानगरपालिकाको मतगणना कार्यमा प्रभावकारी परिवर्तन आउन सकेको छैन । सोमबार दिउँसोबाट एक स्थानबाट सुरु भएको सो महानगरपालिकाको मत गणनाको काम बुधबारबाट ११ स्थानमा विभाजन गरी गणना गर्न थलिएको थियो ।
मत गणना पट्यारलाग्दो, सुस्त र कछुवागतिको भएको भन्ने आलोचनापछि आयोगले त्यसलाई विस्तार गर्दै व्यवस्थित पार्ने प्रतिवद्धतासहित गणनास्थल बढाउनुका साथै कर्मचारी समेत बढाएर व्यवस्थित बनाउने जनाएको थियो । तर, आयोगको यो प्रतिवद्धतापछि परिणाम आउने क्रम नगन्य मात्रामा बढेपनि सुस्तता र भद्रगोल भने कायमै छ ।
आयोगले समुह विभाजन गरेर मतगणना थालेको २४ घण्टा वित्दा अपेक्षाकृत नतिजा आएको छैन । बिहीबार तीन बजेसम्म पनि काठमाडौ महानगरपलिकाको १२ हजार बढि मत गनिएको छैन । बुधबार दिउँसोसम्म हुन झण्डै तीन हजार मत गनिएको थियो । समह विभाजनपछि भएको मत गणनाको २४ घण्टामा नौ हजार मत गनिएको छ । यहि रफ्तारमा गन्दा पनि काठमाडौ महानगरपालिकाको झण्डै दुई लाख मत गन्न अझै १९ दिन लाग्ने देखिन्छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित